निजी अस्पतालले आफैले बनायो पि.पि.ई

राजेन्द्र परियार
चैत १६ दमौली

कोरोना भाइरसको कारणले देश लक डाउनको अबस्थामा रहेको छ । सरकारले पर्यात्त मात्रमा स्वास्थ्य सामाग्री सरकारी अस्पतालमा पुराउन नसक्दा सबसाधरणलाई तथा स्वास्थ्यकर्मी समस्या परेको देखिएको छ । यस्तो अबस्थामा दमौलीको एक निजी अस्पतालले पि.पि.ई अर्थात पर्शनल प्रोटेक्टीभ इकुप्ममेन्ट तयार पारेको छ  । दमौलीको मालपोत लाईनमा रहेको समाधान अस्पतालले पि.पि.ई तयार पारेको हो  । देशमा देखिएको भइरसको संकट र समस्याहरुलाई मध्यनजर गर्दै पर्शनल प्रोटेक्टीभ गाउन बनाएको अस्पतालको अध्यक्ष समिम् खानले बताए ।

 

उनले भने  ” हामीले तिन लियरको सुरक्षा गाउन आफै बनाएको छौं, यसको भित्रि भागमा कपडाको गाउन रहेको छ र बाहिरी भागमा जल तथा वायु रोधक इकुपमेन्ट प्रयोग गरिएको छ । ”  यस गाउनमा टाउकोको कवच र पाईतलाको कवच जोडिएको छ । तल्लो भाग भने हिड्नको लागि सहज हो भनेर पाइन्ट जस्तो आकारको बनाइएको छ ।  स्थानिय तहमा अनुरोध गर्दा समेत केहि सहयोग नआएको र ढिला हुने जस्तो देखे पछि हामी आफैले तयार परेका खान् ले जिकिर गरे । अस्पतालको अध्यक्ष  रहेका खानले आनवश्यक भिड कम गर्न हामी अस्पतालको पेज माफर्त पनि अनलाईन काउनशिलिङ समेत शुरु गरेको बताए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button