छाब्दी मन्दिरको पुरानो शङ्ख चोरी

राजेन्द्र परियार
असार १३, दमौली । तनहुँको सदरमुकाम दमौलीबाट करिब १२ कि.मि पूर्व तर्फ पर्ने छाब्दी बाराहीमा चोरको बिगबिगी बढ्न थालेको छ । गएको शुक्रबार राती छाब्दी मन्दिरको पुरानो शङ्ख चोरी भएको छाब्दी सुधार समितीका अध्यक्ष हिम बहादुर रानाभाटले बताए । रातको समयमा भएको चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको पनि उनले बताए । चोरी भएलगतै चोरको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यलय तनहुँमा निवेदन दिएको पनि बताएका छन् । मन्दिरको मुल गेट केहि नगरी भित्र भएको दुई वटा च्यानलगेटको चाबी तोडर उक्त शङ्ख चोरी भएको थियो । रानाभाटले भने ‘मन्दिरको गेटको चाबी तोडी शङख चोरी भएको रहेछ, सिसि क्यामेरा पनि बङ्गाएर मोडिएको अवस्थामा थियो ।’ केही दिन यता देखि छाब्दीमा चोरी घटनाको श्रृङ्खला बढेको छ ।

केही दिन अघि मात्र स्थानिय एक युवकको मोटरसाइकल चोरी भएको थियो त्यस लगतै स्थानीयहरुको खसी, बाख्रा पनि चोरी भएको रानाभाटले बताए । यस्तै चोरीको घटना बढ्न थालेपछि छाब्दी सुधार समितिले आकस्मिक बैठक बसी शनिवारदेखि रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिड डुलमा रोक लगाएको हो । व्यास १४ का वडा अध्यक्ष काजीराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा अटेर गरि अनावश्यक हिँडडुल गरेमा कानुन अनुसार कारवाही गरिने वडा अध्यक्षले बताएका छन् । सुधार समितिका अध्यक्ष रानाभाटले दमौली खबरसँग भने ‘हामीले स्थानीय युवाहरुलाई रातको समयमा गस्ती गर्नको लागि खटाएका छौँ आवश्यक परे प्रहरी समेत परिचालन गर्नेछौँ ।’ यस्तै लकडाउन भएपनि छाब्दी मन्दिरमा भक्तजनको संख्या नघटेपछि रानाभाटले अर्काे सुचना जारी नभएसम्म मन्दिरमा भक्तजन नआउनमा दमौली खबरमार्फत आग्रह गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button