लकडाउनको अबधिमा ३५ जनाले गरे तनहुँमा आत्महत्या

राजेन्द्र परियार

असार ११ दमौली

कोरोना सङक्रमण रोकथामका लागि मुलुकभर लागू भएको लकडाउन ९४ औं दिन पूरा भएको छ । लकडाउनको अवधिमा देशभर आत्महत्याका घटना बढेको छ । अन्य विभिन्न शीर्षकको अपराध पनि रोकिएको छैन । लकडाउन केही हद सम्म खुकुलो भए पनि आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ । लकडाउनको अवधिभरको तथ्याङकलाई मात्रै हेर्ने हो भने पनि विगतको सामान्य अवस्थामा भन्दा यो बेला आत्महत्याका घटना बढेको देखिएको छ । चैत ११ गते देखि असार ११ गते सम्म जिल्ला प्रहरी कार्यलय तनहुँको तथ्यांकअनुसार हर्ने हो भने जिल्लाभर ३५ जनाले आत्महत्या गरेका छन् । लकडाउनको सुरुवाती दिनमा आत्महत्या दर केही कम थियो । अहिले बढ्दै गएको अवस्था रहेको छ ।

लकडाउन अघिको तिन महिना पुष, माघ र फागुन महिनालाई हर्ने हो भने यि तिन महिनामा मात्र तनहुँ जिल्ला भर २८ जनाले आत्मा हत्या गरेको तनहुँ प्रहरीको तथ्याङमा उल्लेख छ । त्यसको तुलनामा चैत ११ गतेको लकडाउन सुरु भएदेखि आत्माहत्याको संख्या बढेको छ । पहिलाको तुलनामा लक डाउनमा ७ जना बढीले आत्माहत्या गरेको पाइएको छ । लकडाउन सुरु भएका यताको तथ्याङलाई हेर्ने हो भने केही पहिला भन्दा बढीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी निरिक्षक शिव क्षेत्री बताउँछन । आर्थिक वर्ष २०७६–७७ को १२ महिनालाई हर्ने हो भने तनहुँमा ९१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङले देखाएको छ ।

लकडाउनको अवधिमा आत्महत्या गर्नेमा आबुखैरेनीमा १, वेलचैतरामा ८ र जिल्लाका अरु भागमा २६ जना रहेका छन् । सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन । झुन्डिएर आत्महत्या गर्नेमा ३१, विष सेवन गरेर २ र हाम्फालेर २ जना रहेको प्रहरी तथ्याङले देखाएको छ ।

यसरी आत्महत्या गर्नुमा पछिल्लो समय सबै खालका मानसिक तनाव मुख्या कारण मानिएको छ । कोरोना भाइरससँगै जीवन कसरी चलाउने भन्ने डर, त्रास, रोजगारी गुम्नु जस्ता कारणले आत्महत्या बढेको विज्ञहरुको तर्क छ । विभिन्न कारणले आर्थिक संकट विकराल बन्दै जाँदा, मानिसमा नैराश्यता उत्पन्न हुदा , डिप्रेशन हुनु, मानसिक तनाब बढ्नु, मोनो साइकोलोजिकल सपोट नहुनु आदि हुने गरेकोले आत्महत्या गर्नेको संख्या केही हद सम्म बढेको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.सुनिल पौड्यलले दमौली खबर संग बताए ।

आत्महत्याको तथ्याङकलाई हेर्दा विष खाएर, हाम्फालेर र झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ । यसलाई रोक्नको लागि आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण रहेको समेत डा.पौड्यलको बताउछन् । आत्महत्याको घटनालाई न्यूनिकरणको लागि सामान्यतया आत्महत्याको लक्षण देखिना साथ सम्बन्धित व्यक्तिलाई उचित मनोवैज्ञानिक परामर्श दिनुपर्ने, लकडाउनको शैलीलाई परिर्वतन गरी आवश्यक सुरक्षा अपनाएर हिडडुल गर्न दिनुपर्ने लगायतका उपाय समेत पौड्यलले सुझाएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button