तीनै जना मृत भेटिएपछि निर्मलबस्ती शोकमा डुब्यो

सानेबहादुर नेपाली

तनहुँ,१४ बैशाख  तनहुँको व्यासनगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएपछि निर्मलबस्ती क्षेत्र नै शोकमा डुबेको छ ।  अपाङगता भएका १५ बर्षीय छोरा बिपिन श्रेष्ठको शुक्रबार, आमा ३४ बर्षीय रबिना र अपाङ्गता भएकी ११ बर्षीय छोरी प्रिया शनिबार मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको हो ।  मृतक बिपिनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै पोष्टमार्टम गरी
दाहसंस्कारको लागि आफन्जनलाई शव जिम्मा लगाइएको थियो ।  छोराको मृत्यु हुनु दुई दिन अघि (बैशाख १० गते)देखि नै आमा र छोरी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।  मृतक छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आँशका गरेपनि शनिबार आमा छोरी मादीसेती नदी किनारमा मृत अवस्थामा भेटिएपछि प्रहरीले घट्नाका बारेमा अहिल्यै केही भन्न नसकिने बताएका छन् ।  एकै परिवारका तीन जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल बिकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिनुभयो । सोच्न पनि नसकिने गरी गाउँमा घट्ना घट्यो । उहाँले भन्नुभयो ‘यस घट्नाले हामी सबैलाई शोकमग्न बनाएको छ ।’ मृतक रबिनाका श्रीमान् हरिकृष्ण श्रेष्ठ भारतीय प्रहरीबाट रिटायर पश्चात भारतमा नै काम गर्दै आउनुभएको छ । यहाँ भएको घट्नाको बारेमा दाजुलाई जानकारी गराइर् सकिएको भाई मोहनकृष्ण श्रेष्ठले बताउनुभयो ।

भारतबाट सायद एक÷दुई दिन भित्र हरिकृष्ण घरमा आइपुग्ने स्थानीयबासी एवं आफन्तजनले अपेक्ष गरेका छन् ।  हिजो मात्रै मृतक छोराको दाहसंस्कार गरेको घट्ना सेलाउन नपाउँदै फेरी अर्को घटना थपिनुले आफुलाई चकित बनाएको वडाध्यक्ष खरसिं दरैले बताउनुभयो । रबिना वडाको राम्रै व्यक्ति हुन् । उहाँले भन्नुभयो ‘सोच्न पनि नसकिने गरी यस्तो दुखद घट्ना कसरी घट्ना पुग्यो ।’  उनका छोरा छोरी दुबै अपाङगता थिए । हिडडुल गर्न सक्दैनथ्ये । उहाँले भन्नुभयो ‘उनीमा नकारात्मक सोच आएका कारण यस्तो घट्ना घटेको हुन सक्छ ।’
तीन दिन देखि आमा छोरी सम्पर्क बिहीन रहदै आएपछि प्रहरीले खोजी कार्यलाई तीब्रता दिदै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।  उहाँका अनुसार परिवारका अन्य सदस्यहरुले आमा छोरी नदीमा बेपत्ता भएको हुन सक्ने भन्दै खोजतलास गरिदिन आग्रह गरेपछि मादी र सेतीनदी किनारमा खोजी गर्दै जाँदा आमा छोरी मृत अवस्थामा फेला परेका हुन् ।
छोरी प्रियाको ऋषिङगाउँपालिका–१कैदिम स्थित मादीसेती र आमा रबिनाको ऋषिङगाउँपालिका– ३ मास्दीघाटमा भेटिएको उहाँले जानकारी दिनुभयो । आमा छोरी नदीमा हामफालि आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
मृतक दुबैको शव पोष्टमार्टम गरी शनिबार नै दाहसंस्कारको लागि तयारी गरिरहेको बताइएको छ ।

तस्वीरः बिकास टाइम

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button