व्यास नगरपालिकाद्वारा फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको कोरोना बीमा

दमौली खबर सम्वाददाता,

जेठ २६, दमौली

तनहुँको व्यास नगरपालिकाले कोरोना भाइरसको महामारीमा फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको कोरोना बीमा गरिदिएको छ ।
कोभिड–१९ को जोखिमका बाबजुद पनि फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र चालकहरु गरी कुल २५५ जनाको बीमा गरिएको नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको कोरोना बीमा गर्ने नगरपालिकाको कार्यापालिका बैठकले निर्णय गरेको थियो । सोही अनुसार नगरपालिका भित्र क्रियाशील ७२ जना जनप्रतिनिधि, एक सय जना स्वास्थ्यकर्मी, २० जना नगर प्रहरी, २० जना सरसफाईका कर्मचारी र ५ जना सवारी चालकहरुको एक–एक लाख रुपैयाँको वार्षिक कोरोना बीमा गरिएको पण्डितले बताए ।

नगरपालिकाले ओरियन्टल जनरल इन्स्योरेन्स कम्पनीसँग उक्त बीमा गराएको हो । नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले जनप्रतिनिधिको हकमा भने व्यक्तिगतरुपमा कोरोना बीमा गर्ने निर्णय भएको बताए ।

“स्थानीय तह सबैको अभिभवाक रहेको हुनाले फ्रन्टलाइनमा बसेर काम गरिरहेकाको सुरक्षा गर्नु हाम्रो दायित्व हो ।” उनले भने, “महामारीका बेला स्वास्थ्य, सुरक्षा, सञ्चार र निजामती सेवा क्षेत्र अग्रपंक्तिमा रहेर खटिएको छ । तर सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवा सुविधाको व्यवस्था गरेको छ ।”
नेपाल पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आचार्यले बीमाका कारण अग्रपंक्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेकोे बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button