संघीय प्रहरी एकाई काभ्रेपलाञ्चोकमा एसएसपी जोशी

राजेन्द्र परियार
दमौली तनहुँ
बैशाख १९
नेपाल प्रहरीको इन्टरपोल शाखामा प्रमुख रहेर काम गरेका एसएसपी उमेशराज जोशी संघीय प्रहरी एकाईको कार्यलय काभ्रेपलाञ्चोकमा प्रमुखको रुपमा सरुवा भएका छन् । करिब २ बर्ष जति प्रहरी हेडक्याटर नक्सालमा इन्टरपोल शाखाको प्रमुख, प्रहरी केन्द्रिय सह प्रबक्ता र प्रहरी महानिरिक्षकको सचिवालयमा काम गरिसकेका जोशीलाई नेपाल प्रहरीको राम्रो छबि भएको प्रहरी अधिकृतको रुपमा हेरीने गरिन्छ । जोशी हेडक्याटरमा पनि कुशल प्रहरी अधिकृतको नामले प्ररिचित छन् । इन्टरपोल शाखामा रहेर काम गर्दा अघिल्लो बर्ष नेपाल प्रहरीकोे बर्षकै उत्कृष्ट कर्मचारीको रुपमा अवार्ड प्रप्त गरेका थिए । ।

कर्तव्यनिष्ठ र आर्दश व्याक्ति एसएसपी जोशी काम आफ्नो काम र कर्तव्यनिष्ठमा बिश्वास राख्ने दमौली खबर संग बताए । एक समय तनहुँ प्रहरी प्रमुखको रुपमा काम गरिसकेका जोशी तनहुँमा उनको कार्यकाल सबै भन्दा सफल भएको तनहुँबासीले बताउदै आएका छन् । तनहुँ राजनितिक हसाबले हर्ने हो भने हाइप्रोफाइल नेताहरु रहेको जिल्ला हो । आफ्नो काम र डिउ्टीमा कहिले नडगमगाउने जोशी करिब १८ महिना तनहुँमा प्रहरी प्रमुख एसपीको रुपमा कार्यरत थिए । उनको तनहुँबसाई रहदा जिल्लामा उनलाई कुशल अधिकारीको रुपमा हेरिन्थ्यो । तनहुँमा रहदा पनि उनले उत्कृष्ट प्रहरी प्रमुखको अवार्ड प्रदेश प्रहरी कार्यलयबाट प्राप्त गरेको थिए । बिहिबार साँझ प्रहरी हेडक्याटरले निकालेको सरुवा सुचिमा एसएसपी जोशी पनि रहेका थिए । उनलाई भाबी प्रहरी चिफको रुपमा पनि हर्ने गरिएको हेडक्याटरका एक प्रहरी अधिकारीले दमौली खबर संग बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button