हार्दिक समवेदना

हार्दिक समवेदना

जिल्ला समन्वय समिति तनहुँका प्रमुख साथै श्री राधा माधव समितिका संयोजक आदरणीय शान्तिरमण वाग्ले एबम दाजुहरु शरदरमण वाग्ले र पुष्परमण वाग्लेको ममतमयी माता, दिदिहरु भद्रा वाग्ले ,मन्जु वाग्ले र सन्जु वाग्लेको पुजनिय सासु आमाको आज ८ बजे बेलुकी काठमाडौ स्थित बालाजु हाइट निवासमा गोलोक प्रस्थान गर्नु भयको छ । आमा लाइ सबैले टाठी आमाको रुपमा चिन्दथे । उहा सामाजिक तथा धार्मिक कार्यमा दिलो ज्यान दिने आद्यत्मिक आमा हुनुहुन्थ्यो ।आमा सङ मेरो बिशेष गरि भेटघाट भइ रहन्थ्यो ।आमाले मेरो मान्छे आयो अब के खुवाउने होला मेरो चिनु माया लाइ भन्नुहुन्थ्यो ।अब आमाको त्यो मधुर मुस्कान सहितको वाणि कहिले सुन्न पाइन्छर ।मानिसको जन्मे पछि मृतु अबस्य हुन्छ यो प्राकृतिक कुरो हो भन्दा भन्दै पनि यि नयनहरु रसायर बलिन्द्र धारा खस्दा रहेछन ।मन लाई कठोर बनाइ आमाको गोलोक बास ले दाजु र दिदिहरु मा आमाको अभाव खद्किन गयको हुँदा श्री राधा कृष्ण भगवान र महाराज जिको कृपा रहिरहोस भन्दै शोक सम्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछु । राधे राधे

चिनु पोख्रेल

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एबम नेपाल महिला संघ केन्द्रीय सदस्य

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button