डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनसनको २४ दिन पुग्दा समेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन् । भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । प्रदर्शनमा सहभागी युवाहरुले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन् । केसीको स्वास प्रश्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पुरा गरी केसीको माग पुरा गर्न माग गरिएको हो ।

केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियुमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको स्थानिय युवा सागर घिमिरेले आरोप लगाए । उनी गत साता केसीको समर्थनमा अनशन पनि बसेका थिए । उनले भने, ‘डा. के.सीको माग पूरा गर्दा सरकारलाई नै राम्रो हुने हो । सरकारले डा. के.सी सँग वार्ता गरि उनका माग पुरा गर्न आवश्यक छ । ’ केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन सुरु गर्नुभएको हो । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उनले राखेका छन् । यसैबीच जिपि फाउण्डेशन तनहँुले पनि डा. केसीको जीवन रक्षा माग गरेको छ ।

बुधबार एक विज्ञप्ती सार्वजनिक गदै ६ सुत्रीय माग राखी २४ दिनदेखि अनसनरत केसीको स्वास्थ्य अवस्था विग्रदै भन्दै उनको जीवन रक्षा गर्न सरकार सँग माग गरेको हो । फाउण्डेशनका अध्यक्ष वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले र सचिव कृष्णचन्द्र पाण्डेले संयुक्त रुपमा विज्ञप्ती निकालेका हुन् । स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा देखिएको विकृतिको विरुद्धमा जनस्तरबाट उठेका आवाजहरुलाई मध्यनजर गर्दै गुणस्तरीयता, पारदर्शिता, समानता र सर्वसुलभताको पक्षमा सुधारको लागि प्रभावकारी कदम चाल्नु सरकारको स्वाभाविक दायित्व रहेको विज्ञप्तीमा उल्लेख छ । डा. केसीसँग विगतमा भएका सम्झौताको कार्यान्वयन गर्न र वर्तमानमा राखेका मागहरु उथासिघ्र पूरा गर्न नेपाल सरकारसँग फाउन्डेसनले माग गरेको सचिव पाण्डेले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button