तनहुँमा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु

दमौली खबर संवाददाता

तनहुँ, फागुन १९

पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले देशैभर सुरु गरेको मिसन ग्रासरुट अभियान तनहुँमा पनि सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी तनहुँले बिहीबार पत्रकार सम्मेलन गरी दुई महिना सम्म अभियान सञ्चालन गरिने जनाएको छ । वैशाख ४ गते सम्म अभियान सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तक्रिया गर्ने एमालेले जनाएको छ । यससँगै पार्टीभित्रको अन्तर विरोध बुझ्ने, स्थानीय तहको समस्या बुझ्ने र समाधान गरिने भएको छ । गाउँपालिकाको वडादेखि बस्तीस्तरमा सोही अभियान सुरु गरिने जिल्ला सचिव राजेश्वर ढकालले बताउनुभयो । उनका अनुसार मिसन ग्रासरुट अभियानको मुख्य उद्देश्य संगठन विस्तार तथा पार्टी सुदृढीकरण रहेको छ ।

केन्द्र, प्रदेश तथा जिल्लास्तरका पार्टीका नेताहरुले वडा देखि पालिकास्तर सम्मका कार्यक्रताहरुलाई प्रशिक्षण समेत दिइनेछ । स्थानीय तह, सङ्घ र प्रदेश निर्वाचनमा हार व्यर्होनुको कारण र त्यसको कमीकमजोरीबारे पनि अभियानमा कार्यकर्तामाझ व्यापक छलफल गरी सुदृढीकरणमा जागरुक गराइने उपाध्यक्ष हरिराज कँडेलले बताउनुभयो । हरेक जिल्ला र स्थानीय तहमा पनि नेता खटाएको छ । उनीहरूले हरेक स्थानीय तहका वडामा कार्यक्रम गर्ने भएका छन् । अभियानको क्रममा पालिका स्तरको सो अभिमुखिकरण गरी वडास्तर सञ्चालन गरिने प्रचार विभाग प्रमुख प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

एमालेले यस अघिनै केन्द्रबाट देशैभरका प्रत्येक पालिकामा पुग्ने गरी केन्द्रिय सदस्य, पोलिटव्यूरो सदस्य लगायतका नेताहरुलाई जिम्मेवारी बाँडफाड गरिसकेको छ । अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button