स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको सम्पर्क कार्यालय स्थापना राजनीति गलत बाटोमा गएकोले उम्मेदवारी दिएको नेता जोशीेको भनाई
दमौली खबर संवाददाता
दमौली, असोज २७ ।
प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको सम्पर्क कार्यालयको बिहीबार स्थापना गरिएको छ ।
कार्यालयको नेता जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा नेता जोशीले नेपाली राजनीतिक केही वर्ष अघि गलत बाटोमा गएको बताउनुभयो । विपीले भने झैं जुन दिन नेपाली काँग्रेसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ त्यो दिन नेपाली काँग्रेस निरथक भएर जानेछ भनेर बारम्बार भनेको कुरा अहिले मेल खाएको जोशीले बताउनुभयो । पूर्वगृहमन्त्री समेत रहनु भएका जोशीले काँग्रेसको भविश्य विस्तारै समाप्त भएर जान लागेकोले यो बेला चुप लागेर बस्ने हो भने विपी कोईरालालाई अन्याय हुन्छ भनेर उम्मेदवार बनेको बताउनुभयो । टिकट वितरण यस्तै हुन्छ भनेृर आफ्नो टिकट आफै लिउँ, योग्य व्यत्तिलाई जिताऔं अभियान थालेको उहाँले बताउनुभयो । ८० ठाउँमा ठाउँमा टिकट छाडेर नेपाली काँग्रेस समाप्तीको बाटो, बिर्सजनको बाटोमा नेपाली काँग्रेस विकृति र बिसंगतिको चरम उत्र्सगमा परेकोले उहाँको आरोप थियो । यो भन्ने उपयुक्त स्थान प्रतिनिधी सभा भएकोले उम्मेदवारी दिएको जोशीले बताउनुभयो । नेता जोशीले राष्ट्रिय राजनीतिमा तनहुँको कुनै पनि भूमिका हुन नसकेको बताउनुभयो ।
नेपालको राजनीति अहिले विघटनको बाटोतिर लागेको र बाम गठबन्धन पूर्णतया अप्रजातान्त्रिक भएकोले व्यवस्थालाई नै हानी गर्न तर्फ अगाडी बढेकाले यसलाई अन्त्य उम्मेदवार बनेको नेता जोशीले बताउनुभयो । पार्टीको उम्मेदवारलाई भोट दिन पाउने प्रणालीलाई कायम गराउन पर्छ भनेर आफू लागिपरेको र यो गठबन्धन व्यक्तिगत स्वार्थ पुरा गर्न अगाडी बढेकाले यसलाई समाप्त पार्न उम्मेदवार बनेको उहाँले बताउनुभयो । कार्यक्रममा स्वतन्त्र अभियान्त सुकुमलाल गुरुङले २०४८ सालमा गोविन्दरराज जोशीले २३ हजार मत पाउँदा विपक्षीले सात हजार मत पाएको उल्लेख गर्दै जोशी लोकप्रिय नेता भएको र अहिले पनि उहाँको भूमिका जनताले चाहेकोले जीत सुनिश्चित भएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता परशुराम गिरीले नेता जोशीको उम्मेदवारी बदर हुँदैन भनेर पहिलै भनेको र सो कुरा पुरा भएको उल्लेख गर्दै नेता जोशी अहिले सांसद बन्न मिल्दैन भनेर भ्रामक कुरा फैलाएको बताउनुभयो । गिरील कानुनले जोशीलाई सांसद बन्न, सपथ खान रोक्न नमिल्ने बताउनुभयो । सर्वोच्चले नेता जोशीलाई सर्वसाधरण नागरिक सरह जीवन यापन गर्न कुनै बाधा कार्यक्रममा स्वतन्त्र अभियान्ता कमल खनाल, कमलभक्त पोख्रेल, रामदेव पन्थ, नरेन्द्र थापा, केशरबहादुर गुरुङ, इन्द्रबहादुर दरै, हिम रानाभाट, लगायतले तनहुँको विकास जग नेता जोशीले नै बसाएकोले जीत सुनिश्चित भएको दाबी गर्नु भएको थियो । कार्यक्रम क्याप्टेन रेशम गुरुङको अध्यक्षतामा भएको थियो ।
नेता जोशीको जोशीको चुनाव चिन्ह कैची रहेको छ । सम्पर्क कार्यालय व्यास नगरपालिका–२ बालमन्दिर स्कुल अगाडी रहेको छ ।
