११ सुत्रिय माग व्यास नगरपालिकालाई ज्ञापन पत्र

दमौली खबर संवाददाता
दमौली, ७ भदौ । तनहुँको व्यास नगरपालिकालाई ११ सुत्रिय माग राखि ज्ञापन पत्र बुझाईएको छ । व्यास नगर स्तरीय अखिल नेपाल शिक्षक संघका इन्चार्ज हेमलाल घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष वीरबहाुर बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कल्पना घिमिरे र ए.अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गजेन्द पन्तले सो माग राखिएको हो ।
करार र स्वएम् सेवक शिक्षक नियुत्ती गर्दा विश्वासनीयताको साथ गरियोस्, विषय विशेषज्ञता हुने प्रबन्ध मिलाईयोस, दरबन्दी मिलान र स्वएम् सेवक शिक्षकहरुको वैज्ञानिक आधार तयार गरी वितरण हुने व्यवस्था मिलाईयोस् , विद्यालयमा प्रभावकारी अनुगमनको प्रबन्धको माग गरिएको छ । नगर शिक्षा समितिमा शैक्षिक विषयमा प्रयाप्त छलफल गरी आवश्यक निर्णय लिने प्रबन्ध मिलाईयोस् भनि माग राखिएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक र सस्थागत विद्यालयहरुमा चारित्रिक प्रमाण शुल्क एक रुपता कायम हुने व्यवस्था मिलाइयोस्, सामुदायिक विद्यालयमा उठाईएको शुल्क खारेजको प्रबन्ध मिलाईयोस् ।
शिक्षक क्षमता अभिवृद्धिको लागि विषयगत र तहगत तालिमको प्रबन्ध मिलाईयोस् । योजना कार्यक्रम वितरण गर्दा आवश्यकता पहिचान गरी वितरण गरियोस्, कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई न्यायोचित छात्रवृत्ति वितरण गर्ने व्यवस्था मिलाईयोस् । सो मागको व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेलाई मंगलबार हस्तान्तरण गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button