अनसन चौतारीमा जेसिआई धारो

दमौली अनशन चौतारा क्षेत्रमा आउने पैदलयात्रीका लागि जेसिआई व्यास नगरले पीउने पानीको धारा बनाउने भएको छ । व्यास नगरपालिकाको सहयोगमा जेसिआई व्यास नगरले धारा बनाउने अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए । यसको काम थाल्ने संस्थाको शनिबार बसेको वर्ष २०२१ को प्रथम साधारण सभाले निर्णय गरेको छ । यसका लागि जेसिआई व्यास नगरको भवन निर्माण समितिका संयोजक पूर्व अध्यक्ष सुरेश पुरीलाई संयोजकको जिम्मा दिइएको छ । ११ सदस्यीय समितिले नगरपालिका र व्यास ३ वडा कार्यालयसँग समन्वय गरेर काम थाल्नेछ ।

साधारण सभाले शाखाको भवनमा माथिल्लो तल्ला समेत थप्ने निर्णय गरेको छ । यसका लागि पुरीकै संयोजकत्वको टोलीले काम अघि बढाउनेछ । साधारण सभामा सदस्यहरुले थप रकमको प्रतिवद्धता जनाएका थिए । यस अघि कोषमा रहेको चार लाख रुपैयाँ समेत भवन निर्माण समितिलाई हस्तान्तरण गर्ने निर्णय शाखाले गरेको छ ।

४७ सदस्य प्रस्तावित

बैठकमा हालै सदस्यता खुला आह्वान गरिए पछि आएका ४७ सदस्यलाई प्रस्तावित सदस्यका रुपमा राख्ने निर्णय पनि गरेको छ । एक सदस्यले एक जनालाई प्रस्ताव तथा समर्थन गर्न पाउने गरी सदस्यता आह्वान गरिएकामा सोचिएभन्दा धेरैले आवेदन दिएको सदस्यता सिफारिस समितिका संयोजक निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए । अब आगामी एक वर्षसम्म परीक्षणका रुपमा रहने सदस्यले आगामी वार्षिक साधारण सभामा प्रवेश पाउनेछन् । तर त्यसका लागि शाखाले तोकेका मापदण्ड भने सदस्यले पुरा गर्नुपर्नेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button