व्यास गण्डकीद्धारा उत्पादित चप्पल बजारमा

केही महिनाअघि मात्र सञ्चालनमा आएको व्यास गण्डकी चप्पल उद्योगमा उत्पादित चप्पल बजारमा आएको छ । बिजि गु्रपले चार महिना अघि उत्पादन सुरु गरेको चप्पल श्रीपञ्चमीको अवसर पारेर मंगलबार देखि बजारमा ल्याइएको कम्पनीका म्यानेजिङ डाइरेक्टर मनोज राउतले जानकारी दिए ।

व्यास–४ चुरे खोल्सीमा २५ जना युवाहरुको लगानीमा सञ्चालन गरिएको सो उद्योगले पहिलो चरणमा विभिन्न किसिमका चप्पल उत्पादनलाई प्रथामिकता दिएको राउतले बताए । सुरुमा साढे २ करोडको लगानीमा उद्योग सञ्चालन गरिएको र निकट भविष्यमा कम्पनीको कार्य क्षेत्र र उत्पादन विस्तार गर्ने तयारी गरिएको उनले बताए ।

उद्योगमा उत्पादित चप्पलहरु गुणस्तरीय र ए ग्रेडको भएकाले उपभोक्ताको मन जित्नेमा आफुहरु विस्वस्त रहेको गु्रपका सचिव दयाराज कट्टेलले बताए । स्थानीय बजारमा मात्र नभई बाहिरा पनि चप्पलको माग बढीरहेको उनको भनाई छ ।

हाल उत्पादित चप्पल तनहुँको दमौली, भिमाद, आबुँखैरेनी, खैरेनीटार, चन्द्रावती लगायत बजारमा पठाइएको राउतले बताए । केही महिनाभित्रै उत्पादन वृद्धि गरी लमजुङ, गोर्खा, धादिङ जिल्लाका बजार पठाउने योजना रहेको उनले जानकारी दिए ।

कम्पनीकै नाममा २ रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालन गरिएको छ । कम्पनीले लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यवसायिक तरकारी खेती समेतको योजना बनाइरहेको अध्यक्ष पदमबहादुर थापा मगरले बताए ।

केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिम लगायतका उत्पादन थप्ने योजना बनाएको उनले बताए । अहिले उत्पादन भएका चप्पल होलसेल र डिलरलाई दिइने छ । उद्योगले हाल ८ जना युवाहरुलाई प्रत्यक्ष रोजगारी दिएको राउतले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button