स्वास्थ्यचौकीमै एक्सरे सेवा

जिल्लाको बन्दीपुर ६ धरमपानी स्वास्थ्य चौकीमा एक्सरे तथा ईसीजी सेवा पाईने भएको छ । ग्रामिण भेगका जनतालाई गाँउकै स्वास्थ्य चौकीबाट सुविधयुक्त सेवा प्रवाह गर्न रोटरी क्लब अफ पाटन, रोटरी क्लब जापान र बन्दिपूर सामाजिक विकास समितिको सहयोगमा स्वास्थ्य चौकीमा ईसीजी तथा एक्सरे मेसिन उपलब्ध राखिएको हो । मंगलबार एक कार्यक्रम आयोजनहरु गरि स्वास्थ्य चौकीलाई झण्डै पाँच लाख बराबरको मेशिन हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाँउमै एक्सरे र इसिजी सेवा हुने भएपछि यहाँका सर्वसाधारण सेवा लिन बजार जाने बाध्यता हटेको बताए । उनले भने, ‘अब गाँउमै सबै स्वास्थ्य सम्बन्धी सेवा पाएपछि बजार र्झनुपर्ने बाध्यता हट्यो । सबै हर्षित देखिनु भएको छ ।’ यस अघि नै गाउँपालिकाले उक्त स्वास्थ्य चौकीका लागि टेक्निसियनसहितको ल्याब स्थापनाका गरेको उनले बताए ।

साथै उनले चाँडै नै गाउँपालिकाले एम्बुलेन्ससमेत उपलब्ध गराउने जानकारी दिए । गाँउका बासिन्दालाई सहज रुपमा सेवा उपलब्ध गराउने हेतुले सामाजिक कार्य गरेको रोटरी क्लब अफ पाटनका अध्यक्ष रत्नकाजी श्रेष्ठले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button