घिरिङमा आयोजित पर्वतीय दौड प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम

दमौली खबर संवाददाता

घिरिङ, फागुन १४

तनहुँको घिरिङ गाउँपालिकामा आयोजित प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगितामा प्रतियोगिता नरेन्द्र सिंह रावत प्रथम हुनु भएको छ ।

१५ किलो मिटरको दुरी रावतले ५० मिनेट ३७ सेकेन्डमा पुरा गरी प्रथम हुनु भएको हो । यस्तै ५० मिनेट ३९ सेकेन्डमा पूरा गरेर सुवास कार्की द्धितीय र ५२ मिनेट २८ सेकेन्डमा पुरा गरी राजन मेयोङ्बा तृतीय हुनुभयो । उहाँहरु तीनै जना त्रिभुवन आर्मी क्लब काठमाडौबाट प्रतियोगितामा सहभागी हुनु भएको हो । घिरिङ गाँउपालिको सहयोग घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । प्रथमलाई ४० हजार, द्धितीयलाई २० हजार , तृतीयलाई १० हजार नगदा सहित प्रमाणपत्र र मेडल प्राप्त प्रदान गरिएको छ ।

दौड प्रतिस्पर्धा बाट ७ जनाले रु ३ हजारको दरले सान्त्वना पुरस्कार पाएका छन। सान्त्वना पुरस्कृत हुनेहरु क्रमश होम लाल श्रेष्ठ काठमाडौ, विशाल गुरुङ्ग भिमाद ३, सनम गुरुङ्ग आँबुखैरेनी, जुनेस खड्का काठमाडौ, मोहन देव जोशी बैतडी, सरोज शर्मा कास्की, देवराज महत्तरा काठमाडौ रहेका छन् ।

सो प्रतियोगितामा ७४ जना धावकले भाग लिएका थिए । यसै गरि घिरिङ भित्र बाट वडा नं ३ का दशरथ आले प्रथम, वडा नं ५ का तिल बहादुर थापा द्दितिय र वडा नं ३ का विशाल थापा तिर्तिय भएका छन। उनिहरुले पनि रु ३ हजारको दरले सान्त्वना पुरस्कार पाउनुभयो

तनहुँ जिल्लाको दक्षिण भेगमा पर्ने स्याङ्जा, पाल्पा र नवलपुरको सिमाना रहेको घिरिङ गाउँपालिकामा पहिलो पटक दौड प्रतियोगिता राखिएको हो । “स्वास्थ्यका लागि दौड , राष्ट्रका लागि दौड’’ भन्ने मुल नारा सहित गाउँपालिका बिशेष सहयोगिको रुपमा रहेको थिया े। शनिवार घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरी बाट गाउँपालिका अध्यक्ष होम बहादुर थापाले प्रतियोगिताको शुभारम्भ गर्नु भएको थियो । रानिपोखरी बाट सुरु गरि मानपुर पुगेर सोही ठाउँमा पुनः फर्किएर धावकहरुले १५ किलोमीटर दुरि पूरा गर्ने मापदण्ड रहेको थियो ।

घिरिङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष मन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापा मगर रहेकी थिइन।थापाले बिजेता लाई पुरस्कार हस्तान्तरण गर्दै स्वास्थ्यको लागि खेल अपरिहार्य रहेको बताउनुभयो । साथै उहाँले प्रदेशमा आफ्नो भुमिका समान तथा मध्यस्थकर्ताको रुपमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सभा सदस्य श्याम राजा महत, घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, खेलकुद परिषद गण्डकी प्रदेश कार्यकारी सदस्य तारा थापा मगर, घिरिङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेल, घिरिङ गाउँपालिका निबर्तमान अध्यक्ष रन बहादुर राना लगायतले बोलेका थिए।यसै गरि उपाध्यक्ष राधा देवि अधिकारी, वडा अध्यक्षहरु र राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम संचालन नवराज श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य हुम आलेले गर्नु भएको थियो । कार्यक्रममा कौरा नृत्य र पन्चे बाजा जस्ता साँस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button