शुक्लागण्डकीमा रास्वपाको विशाल खुला सभा हुने सभापति लामिछानेद्धारा सम्बोधन गरिने

दमौली खबर संवाददाता

तनहुँ, असोज १८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तनहुँ आउनुहुने भएको छ । यहि असोज २२ गते शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा हुने क्षेत्रीय विशाल खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने सहितका नेताहरु तनहुँ आउनु हुने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं २ द्वारा बुधबार शुक्लागण्डकी ७ मा पत्रकार सम्मेलन गरी लामिछाने सहित नेताहरु तनहुँ आउने संयोजक कृष्ण रिजालले जानकारी दिनुभयो । उक्त सभामा सभापति लामिछाने, नेता डा. स्वर्णीम वाग्ले लगायले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

कार्यक्रममा जिल्ला संयोजक बिकास सिग्देलले देशमा बढीरहेको अराजक गतिविधी प्रति सम्पूर्ण स्थानीय तहबाटै खबरदारी गरि सकरात्मक ढंगबाट अगाडी बढ्ने उद्धेश्यले आम सभा आयोजना गरिएको बताउनुभयो । सह संयोजक सूर्यमणि पौडेलले जनतालाई पार्टीको धारण स्पष्ट पार्न तथा मिसन २०८४ लाई सफल पार्ने उद्धेश्यले सभाको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा क्षेत्री सदस्य सुन्दर बस्याल, शुक्ला गण्डकीका संयोजक विजय जोशी, भिमाद न.पा.संयोजक हरि लम्साल, सदस्य शंकर पन्त, लगायतले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

 

Show More

Related Articles

Check Also
Close
Back to top button