दमौली अस्पतालतमा डायलायसिस गर्ने विरामीले पालो कुनुपर्ने बाध्यता

दमौली खबर संवाददाता

दमौली, फागुन १७

दमौली अस्पतालतमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत संचालीत शत्रुध्न मन्जु डायलाइसिसबाट सेवा लिन विरामीले पालो कुनुपर्ने बाध्यता रहेको छ । विरामी धेरै भएकोले पालो कुनुपरेको हो । ३० मिर्गौला पीडित डायलायसिसका लागि पालो कुर्नु परेको उपचार केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो

जिल्लाका विभिन्न ठाउँका मिर्गौलापीडितले मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिएको उहाँले जानकारी दिनुभयो । नियमितरूपमा डायलायसिस गराउनुपर्ने उनीहरूले हाल पोखरा, काठमाडौं मा डायलायसिस गरिरहेका छन् । आफ्नै जिल्लामा सेवा लिनका लागि उनीहरू नाम टिपाएर कुरिरहेका ३० विरामीले बाहिरी जिल्लामा गएर डायलायसिस गराउनु पर्दा झन्झटिलो र आर्थिक भार धेरै परेको पण्डितले जानकारी दिनुभयो । यहीँ नै डायलायसिस गराउँदा उहाँहरूलाई सहज हुन्छ”, उनले भने, “तर अहिले डायलायसिसका लागि ठाउँ खाली छैन ।”

उपचार केन्द्रमा डायलायसिस गराइरहेका मिर्गौलापीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको उनले बताए । “ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरूले मिर्गौला प्रत्यारोपण गर्नुप¥यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुप¥यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकाहरूलाई यहाँ डायलायसिसको व्यवस्था मिलाउँछौँ ।”

नेपाल सरकारको नीतिबमोजिम उपचार केन्द्र औपचारिकरूपमा दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको भएता पनि हाल सोही केन्द्रले दमौली अस्पताल सूचीकृत नभएसम्मका लागि सञ्चालन गरिरहेको छ । हाल आठ मेसिनमार्फत ५० बिरामीले डायलायसिस सेवा लिइरहेका छन् ।

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलायसिस सेवा लिएका छन् । हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भनेपछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा छवटा डायलायसिस उपकरण जडान गरिएको थियो । पछि दुईवटा उपकरण थप गरेपछि केन्द्रमा हाल आठवटा डायलायसिस उपकरण रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button