मिडिया एक्शन नेपाल गण्डकी प्रदेशको संयोजकमा सुनिता


दमौली खबर सम्बददाता
फागुन १५,दमौली ।अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्शन नेपाल गण्डकी प्रदेशको संयोजकमा तनहुँकी क्रियाशिल पत्रकार सुनिता आर्चाय चयन भएकी छिन् । संस्थाको पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट आर्चाय गण्डकी प्रदेशको संयोजकमा चयन भएकी हुन् ।

सञ्चारविज्ञ लक्ष्मणदत्त पन्तको अध्यक्षमा आगामी चार वर्ष सम्मको नयाँ समिति चयन गरिएको हो । उपाध्यक्षमा प्रियङ्का झा, सचिवमा आरती शिल्पकार, कोषाध्यक्षमा दीपा केसी तथा सदस्यहरुमा यमबहादुर दुुरा, गणेशप्रसाद घिमिरे र आशिष मिश्र, संयोजकमा प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, वाग्मतीमा मधुसूदन दवाडी, लुम्बिनीमा सञ्जु पौडेल, कणर्ालीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी चयनभएका छन् ।संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धु्रवहरि अधिकारी, माधव शर्मा र नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोणर्बहादुर कार्की रहेका छन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button