सङ्घीयतामा पूर्नविचार गर्न आवश्यक रहेको सांसद भण्डारीको भनाई

दमौली खबर संवाददाता

तनहुँ, माघ २६

नेपाली कांग्रेसका केन्द्री प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले सङ्घीयतामा पूर्नविचार गर्न आवश्यक रहेको बताउनु भएको छ ।

तनहुँको म्याग्दे गाँउपालिका– ६, को भवनको बिहीबार उद्घाटन गर्दै नेता भण्डारीले सङ्घीयता र राज्यको शासकिय स्वरुप परिवर्तन गरिनु पर्ने बताउनुभयो ।

केन्द्र सरकार र पालिका सरकार बाटै देश विकासका कार्य अघि बढाउन सकिने हुँदा जनताले नरुचाएको बताउनुभयो । ‘‘साँच्चै विकास निर्माण गर्ने हो, गाँउवाट नै गर्ने हो र त्यसका लागि स्थानीय सरकार नै वलियो वनाउनुपर्छ’’ नेता भण्डारीले भन्नुभयो ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले फेरि पनि देश अस्थिरतातर्फ उन्मुख हनु थालेको बताउनुभयो । देशको कानुन, विधि र पद्धती सवैले मान्नुपर्ने तर देशमा नयाँ शक्तिको रुपमा उदाएको शक्तिले कानुनको विधि र पद्धती नमानेको कारण वाहिरिन परेको सांसद भण्डारीले वताउनुभयो ।

सरकारसँग वजेट नहुँदा ठुला ठुला योजनामा समस्या परेको हुदाँ देशमा आर्थिक सङ्कट आईपरेको समेत उहाँले बताउनुभयो । देशलाई अस्थिर वनाउन विदेशवाट वर्षो देखि योजनावद्ध रुपमा खेल खेलिएको तर देशका नेताहरु त्यसमा गम्भिर नभएको नेता भण्डारीले वताउनुभयो । आग्रह पूर्वाग्रह विना निर्वाचन क्षेत्र विकासका लागी स्थानिय तह, प्रदेश सरकार र केन्द्रिय सरकार मिलेर काम गर्नुपर्ने समेत भण्डारीले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेस सदस्य श्यामराजा महत, म्याग्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष मायादेवी राना,उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, कार्यपालिका सदस्य बद्रिका घिमिरे, नेकपा एमाले म्याग्देका अध्यक्ष वसन थापा, नेपाली कांग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे लगायतको बिकास निर्माणको कार्यमा सबै राजनीतिक दलका नेताहरुबीचमा एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा वडा नं ६ को वडाध्यक्ष हिरावहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button