अध्यक्ष पण्डितद्धारा रेडियो दिवसको शुभकामना

दमौली खबर संवाददाता

दमौली, फागुन १ । सामुदायिक रेडियो प्रशारक संघ तनहुँका अध्यक्ष हरिशरण पण्डितले १२ औं रेडियो दिवसको उपलक्ष्यमा शुक्रबार शुभकामना व्यक्त गर्नु भएको छ ।

अध्यक्ष पण्डितले रेडियो र यससँग सम्बन्धित कार्यगर्ने सबै लाई बधाई तथा शुभकामना दिनु भएको हो । तनहुँ सञ्चार सहकारीका अध्यक्ष समेत रहनु भएका पण्डितले रेडियोको विश्वनियतता र सरलतालाई शान्ति र विकाससँग जोड्दै अघि बढ्न आवश्यक रहेको बताउनु भएको छ । रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान गरिनु जरुरी रहेको कुरा अध्यक्ष पण्डित रेडियो दिवसको उपलक्ष्यमा जारी गरेको विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button