छोरा र बुहारीद्धारा आफ्नै आमाको हत्या

दमौली खबर संवाददाता

तनहुँ, फागुन १ गते

तनहुँमा छोरा र बुहारीले वृद्ध आमाको हत्या गरेका छन् । शुक्रबार बिहान ५ बजे बन्दिपुर गाउँपालिका–३ सेराटारबस्ने बर्ष ४७ को राजकुमार सार्की र बर्ष ३५ की सुशिला मजाकोटीले हत्या गरेको प्रहरीले जनाएको छ । आमा बर्ष ८४ की माया सर्किनीको हत्या गरेको आरोप प्रहरीले लगाएको छ ।

मृतक मायाको अनुहार समेतको भागमा घाउँचोट लागि मृत अवस्थामा रहेको र गाई गोठमा आगो लगाई गोठ पुर्ण रुपमा जली नष्ट भई गाई समेत जलेर मृत अबस्थामा रहेको भनि ईलाका प्रहरी कार्यालय बन्दिपुर तनहुँ हुँदै जिल्ला प्रहरी कार्यालयमा जानकारी भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अबदेश बिष्ट क्षेत्रीको नेतृत्वमा पुगेको स्थलगत अनुसन्धान गरी छोरा र बुहारी दुवैलाई पक्राउ गरेको छ ।

अनुसन्धान टोली घटनास्थल सुरक्षित गरी घटनास्थल तथा लासजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मृतक माया सर्किनीलाई निजकै छोरा राजकुमार र बुहारी सुशिलालाई मजाकोटीले कर्तव्य गरी मारेको खुल्न आएकोले निजहरु दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button