ऋषिङका पहिरो पीडितलाई राहत

दमौली खबर संम्बददाता
साउन १४, दमौली ।
ऋषिङ गाँउपालिका वडा नं ७ का पहिरो पिडितलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखाले, तनहँु रेडक्रस र तनहँु उद्योग वाणिज्य संघको समान्वयमा ऋषिङ ७ चेलोक्मा र दघिवनका २० घरधुरीलाई राहत वितरण गरिएको हो ।
गत असार २४ गते परेको अविरल वर्षा सँगै आएको पहिरोबाट उक्त ठाँउमा ठूलो जनधनको क्षति पु¥याएको थियो । पहिरो पीडितलाई तत्काल आवश्यक पर्ने लत्ताकपडा,त्रिपाल,कम्मल,भाडाकुँडा सहित खाद्यन सहयोग गरिएको रेडक्रस कोटदरबार उपशाखाका सभापति ईन्द्र आलेले जानकारी दिए । साथै पहिरोबाट ज्यान गुमाएका पदमबहादुर थापाको परिवारलाई ११ हजार नगद पनि दिईएको थियो ।
राहत वितरण कार्यक्रमकी प्रमुख अतिथि तनहँु रेडक्रसकी मन्त्री चिनु पोख्ररेलले विपत्को बेलामा रेडक्रसले सधै पीडितको घाउमा मलम लगाउने गरेको बताईन् । तत्कालको लागि आवश्यक पर्ने सामग्री सहयोग गरिएको उनले बताईन् । वर्षाले ठाउँठाउँमा भएको पहिरो र खाल्डो–हिलो बढी भएकोले वैकल्पिक सडकबाट राहत सामग्र पुर्याउन निकै संघर्ष गर्नु परेको उनले बताईन् ।
कार्यक्रममा चवाडी उपशाखाका सभासद एबम नेपाली काँगे्रसका जिल्ला सदस्य मोहन गिरी, व्यवसायी एवंम् समाजसेवी कबिराज श्रेष्ठ लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button