कृषकको समस्या समाधानमा ढिलाई नगरौं

खाना बिना कोही पनि बाच्न सक्दैन तर नेपालमा कृषकलाई सम्मान नै छैन । कृषकाको समस्या प्रति जुनसुकै सरकार आएपनि कसैको पनि ध्यान गएको छैन । ध्यान गएको भएर कृषकहरु समस्या जस्ताको तस्तै हुने थिएन । सबैभन्दा गरीव किसान नै हुनु पर्ने अवस्था आउने थिएन । तनहुँमा आन्दोलनरत कृषकको समस्या समाधानको लागि व्यास नगरपालिकाले पहल गरेको छ । मूल्य नपाएर घाटामा बेच्नु परेको र बैंकको ब्याज बढेर पेशाबाट विस्थापित हुनु परेको भन्दै तनहुँका कृषकहरु आन्दोलित भएका कृषकको समस्या समाधानको लागि नगरपालिको जस्तै सरोकारवाला सबैले ध्यान दिनुपर्दछ । विशेष गरेर सस्तो व्याजदर र ठुलो परिणामा खेती गरिने भएको नेपालको छिमेकी भारत र चिनको खाद्यान्न तथा फलफूलमा नेपाले प्रस्पिर्धा गर्न सक्ने अवस्था छैन । दाना, चोकर, पराल लगायतको भाउ महङ्गो हुनु, एकतर्फी रुपमा बैंकको व्याज बढ्नु, धेरै तहका बिचौलियाले गर्दा किसान विस्थापित हुने अवस्था आएको छ त्यसको समाधान तुरुन्त गर्नुपर्दछ । समाधान समयमा नै गर्न सकिएन भने कृषकहरु पेशा नै छोड्नु पर्ने बाध्यता आईपर्न सक्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button