तनहुँ अदालतद्धारा कलाकार पल शाहलाई सफाई

दमौली खबर संवाददाता

तनहुँ, माघ ३ गते । कलकार पल शाहले आफूमाथि परेको बलत्कार बिरुद्धको मुद्धामा सफाई पाउनु भएको छ । तनहुँ जिल्ला अदालतले कालकार पल शाहलाई सफाई दिएको हो । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा मंगलबार सुनुवाइ पछि सफाई दिएको थियो । नायक शाहले तनहुँबाट सफाई पाए पनि जेलमुक्त हुन भने पाउनु भएको छैन । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय सुनाएकाले तत्कालै उहाँ रिहा नहुने भएको हो ।

जबरजस्ती करणी गरेको मुद्धामा दाबी नपुगेकोले निदोर्ष रहेको ठहर गर्दै अदालतको ३ नम्बर इजलासका न्यायाधीश कमलप्रसाद आचार्यलेको फैसलाले सफाई दिएको तनहुँ जिल्ला अदालतका श्रेतेद्धारा मिनबहादुर कुँवरले जानकारी दिनुभयो नायक शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ ।

गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो । शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनुभएको थियो। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ । तनहुँ अदालतले निर्दोष सावित गरेर फैसला गरेपनि नवलपुरको फैसलाको कारणले गर्दा नायक शाह कारागारमा नै बस्नु पर्ने छ । नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको छ । तनहुँ कारागारका निमित्त प्रमुख नारायण प्रसाद अधिकारीले तनहुँ जिल्ला अदालतको पत्र आफुहरुलाई प्राप्त भइ नसकेको बताए । उक्त अदालतबाट पल शाहलाई थुनामुक्त गर्नु भन्ने पत्र आउन सक्ने भएपनि नवलपुर अदालतबाट साढे २ वर्षको कैद सजाय भएकाले पललाई छोडन नसकिने जानकारी उनले दिए । तनहुँ अदालतबाट सफाई पाएपछि नायक शाहका शुभचिन्तकहरु खुसी भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button