तनहुँ जलविद्युत आयोजनाले सबस्टेशन निर्माण गरेपछि विद्युत प्रशारण गर्न सहज

दमौली खबर संवाददाता

दमौली, माघ ३

तनहुँ जल विद्युत आयोजनाले तनहुँको तीन स्थानमा सब स्टेशन निर्माण गरेपछि विद्युत प्रशारण गर्न सजह भएको छ । पछिल्लो समय आयोजनाले तनहुँको घिरिङ गाउँपालिकामा ३३÷११ केभीको घिरिङ सबस्टेसन निर्माण भएपछि दुई जिल्लाका चार पालिकामा विद्युत सेवा प्रदान गर्न सहज भएको छ । सब स्टेसनले विद्युत प्रशारण सहज बनाउने भएकोले स्थानीय उपभोत्ताहरु समक्ष विद्युतको पहुँच पु¥याउन सजिलो भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घिरिङ–४ मा सबस्टेसन निर्माण गरिएको थियो । सामाजिक विकास कार्यक्रम अन्तर्गत विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको आयोजना निमित्त प्रमुख राजाभाइ सिल्पकारले बताउनुभयो । घिरिङ सबस्टेसनमा ६÷८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ ।

सबस्टेसनमार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिकाको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत् आपूर्ति भएको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो गुणस्तरीय विद्युत् आपूर्ति पाउनेछन् । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना’ मार्फत तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ ।

आयोजना अन्तर्गत नै तनहुँको बन्दिपुर गाउँपालिका–६ मा ३३÷११ केभीको सबस्टेसन निर्माण गरिसकिएको तनहुँ जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाका अनुसार तनहुँकै मार्कीचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दिपुर–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु¥याउने ३३ केभी लाइनको निर्माण गरिएको छ । आयोजना अन्तर्गत तनहुँका विभिन्न ठाउँमा विभिन्न क्षमताका ७० नयाँ वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । दुई सबस्टेसन निर्माण तथा विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग विसं २०७५को मङ्सिरमा ठेक्का सम्झौता गरिएको थियो । ग्रामीण विद्युतीकरण अन्र्तगतका सम्पूर्ण कार्य चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।

सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन तीन स्थानमा सबस्टेसन निर्माण गरिएको आयोजनाले जनाएको छ । घिरिङ सबस्टेसनमा ६÷८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ भने स्थानीय रुपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ । यस सबस्टेसन मार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिकाको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का केही भागमा विद्युत आपूर्ति हुनेछ । जसबाट त्यस क्षेत्रका उपभोक्ताहरु भरपर्दो र गुणस्तरीय विद्युत सेवाबाट लाभान्वित हुनेछन् ।

यसैगरी आयोजना अन्तर्गत नै तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीको सबस्टेसन निर्माण गरेको छ । त्यस्तै, तनहुँको मार्कीचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु¥याउने ३३ केभी लाइनको निर्माण गरेको छ । आयोजना अन्तर्गत तनहुँ जिल्लाका विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका ७० वटा नयाँ वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको आयोजना निमित्त प्रमुख शिल्पाकार बताउनुहुन्छ ।

तनहुँको विद्युतीकरणका लागि दुई वटा सबस्टेसन निर्माण गर्न इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जे.भी.सँग २०७५ को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ग्रामिण विद्युतीकरण अन्र्तगतका सम्पूर्ण कार्यहरु चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको लागि ५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैंक (एडीबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधिन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button