उज्ज्यालो घरमा आश्रित बालबालिका लगायतलाई न्यानो कपडा सहयोग

दमौली खबर संवाददाता

तनहुँ, माघ २

व्यास नगरपालिका–१० स्थित उज्ज्यालो घरमा आश्रित बालबालिका लगायतलाई न्यानो कपडा सहयोग गरिएको छ ।

श्रीकृष्ण प्रणाम् युवा परिषद् नेपाल गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिले सहयोग गरेको हो । उज्ज्यालको १० जना निमुखा अनाथ बालबालिकाहरुलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ । उक्त न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष अन्जनराज न्यौपानेले दुरदराजमा रहेका अति विपन्न बर्गका गरिव ,असहाय ,जेष्ठ नागरिक, टुहुरा ,बालमजदुर र सडक बालबालिकाहरुलाई यस बर्ष ११ लाख भन्दा बढीको न्यानो कपडा वितरण गरेको बताउनुभयो । गण्डकी प्रदेशको लमजुङ जिल्लाको बल्थुम स्थित २१ जना बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको न्यौपानेले बताउनुभयो । तनहुँ जिल्लाको भानु नगरपालिकामा ६७ विद्यार्थीहरुलाई विद्यालय पोषाक र स्टेशनरी वितरण गरिएको न्यौपानेले बताउनुभयो । यसैगरी, परिषद्ले तनहुँको पराशर गुरुकुल आश्रम ,व्यास गुरुकुल आश्रम र महर्षि संस्कृत गुरुकुल आश्रमका कुल ३५ जना बटुकहरुलाई ज्याकेट वितरण गरिसकेको छ ।

यसैगरी देवघाट स्थित प्राणनाथ अनाथ आश्रमका कुल १२ जना विधार्थीहरुलाई न्यानो वितरण गरिएको उहाँले बताउनुभयो । उज्ज्यालो घरको उक्त न्यानो कपडा विरतण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा ,नेपाल प्रेस युनियन गण्डकी प्रदेश सदस्य शंकरराज नहर्की , दमौली एफएमका स्टेसन म्यानेजर अमरराज नहर्की , श्रीकृष्ण प्रणामी युवा परिषद् लमजुङका सचिव मुकेश बिडारी ,उज्यालो घरका संचालक लगाएतका वक्ताहरुले कृण्ण प्रणामी युवा परिषद्को कार्यको प्रशंसा गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button