श्रीकृष्ण प्रणाम् युवा परिषद्को सकरात्मक कदम

श्रीकृष्ण प्रणाम् युवा परिषद् नेपाल गण्डकी, लुम्बिनी संयुक्त प्रदेश समितिले विपन्न समुदायका बालबालिकालाई खोजी खोजी न्यानो कपडा सहयोग गरेको छ । चिसो मौसममा जाडो छल्नको लागि युवा परिषदले समाजसेवीहरुसँग सहयोग जुटाएर सम्बन्धिन स्थानमै पुगेर सहयोग गरेर भगवानले तँ आँट म पु¥याउँछु भन्छन् भन्ने भनाईलाई चरितार्थ गरेको छ । परिषदले हालसम्म तराई र पहाडका गरी लाखौं मूल्य बराबरको सहयोग जुटाएर वितरण गरिसकेको छ । परिषदले सोमबारव्यास नगरपालिका–१० स्थित उज्ज्यालो घरमा आश्रित बालबालिका लगायतलाई न्यानो कपडा सहयोग गरिएको छ । दुरदराजमा रहेका अति विपन्न बर्गका गरिव, असहाय, जेष्ठ नागरिक, टुहुरा, बालमजदुर र सडक बालबालिकाहरुलाई यस बर्ष ११ लाख भन्दा बढीको न्यानो कपडा वितरण गरेर अनुकरणीय काम गरेको छ । भानु नगरपालिकामा ६७ विद्यार्थीहरुलाई विद्यालय पोषाक र स्टेशनरी वितरण गरिएको न्यौपानेले बताउनुभयो । यसैगरी, परिषद्ले तनहुँको पराशर गुरुकुल आश्रम ,व्यास गुरुकुल आश्रम र महर्षि संस्कृत गुरुकुल आश्रमका कुल ३५ जना बटुकहरुलाई ज्याकेट वितरण गरिसकेको छ । यसैगरी देवघाट स्थित प्राणनाथ अनाथ आश्रमका कुल १२ जना विधार्थीहरुलाई न्यानो वितरण गरिएको छ । यस कार्यबाट बालबालिकालाई विद्यालय जान पनि सहज बनाएको छ । भने जेष्ठ नागरिकलाई पनि चिसोबाट बच्न टेवा दिएको छ । यस्तो कार्यको जति प्रशंसा गरेपनि कमी हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button