तनहुँ समाज हङकङको अनुकरणीय काम

स्वदेश तथा विदेशमा गरी थुप्रै गैर सरकारी सस्थाहरु छन् । ति सस्थाहरु मध्य अधिकांशको पहिचान नै छैन । सस्था दर्ता गर्न होडबाजी गर्ने तर काम नगर्ने धेरै छन् तर   तनहुँ समाज हङकङले यस्तो सस्था हो यसले नौलो कार्य गरेर चर्चा कमाई रहेको छ । विशेष गरी उपचारबाट बञ्चित दजनौं व्यत्तिलाई समाज आर्थिक सहयोग गरिसकेको छ । यसै क्रममा तनहुँको ऋषिङ गाँउपालिका–७ निवासी ४३ वर्षीया मुटु रोगी चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार ऋषिङ पोखरीभञ्याङ स्थित  निवासमा पुगी समाजद्धारा नगद रु १ लाख ७९ हजार ४ सय ६०  हस्तान्तरण गरेर प्रशंसनीय काम गरेको छ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमिमा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पुस्ताकालयलाई सहयोग गर्ने , दमौली स्थित आदिकवि क्याम्पसमा पनि पुस्ताकालय लगायतको लागि मद्धत गर्ने , व्यास नगरपालिकाले सञ्चालन गरेको पिसिआर ल्यावको लागि सहयोग गर्ने जस्तै थुप्रै सहयोगका सूची रहेको छ ।
समाजले तनहुँमा बिगतदेखि नै समाजिक सेवा गर्दै आएको छ । समाजले नेपाली दुख पीडामा परेको  खबर आउन साथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीहरुसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएकोछ  । बिगत १० वर्षदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी र दैवि प्रकोप लगायतका क्षेत्रमा सहयोग गर्दै आएको समाजले पछिल्लो समय विभिन्न गम्भिर प्रकृतिका रोगबाट ग्रसित बनेका बिरामीहरुको उपचारमा सघाउदै आएको आउनु खुसीको कुरा हो । यो सस्थाको जस्तै सिको अरुले पनि गर्ने कि ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button