स्वतन्त्र उम्मेदवार जोशी मतदाता भेटघाटमा व्यस्त विकास प्रेमी नेता घर गाउँमा पाउँदा जनता मख्ख

दमौली खबर संवाददाता
दमौली, कात्तिक २७  । निर्वाचनको मिति नजिकिएसँगै तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी मतदाता भेटघाट  व्यस्त भईरहेका छन् ।
नेता जोशीले आईतबारको पहिलो भेटघाट व्यास नगरपालिका–१० नगरपालिका वडा नम्बर १० को दुम्सी बजारमा, बैरेनी, नयाँबस्ती, सेवर र दुम्सिचौर लगायतको स्थानमा मतदातासँग भेटघाट गर्नु भएको थियो । नेपाली काँग्रेस संसदीय मर्यादा विपरित फरक आस्था र विचार बोकेकाबीच गठबन्धन गरेर निर्वाचनमा आउने तर आफ्नै पार्टीका नेता तथा कार्यकर्ता माथि व्यापक अन्याय गर्ने कार्यशैलीका कारण आफू उम्मेदवार बनेको बताउनुभयो । काँग्रेसले न विकासको राष्ट्रिय भिजन, न असलग्न परराष्ट्र नीतिको मर्यादा राखेर राष्ट्रलाई नै संकटमा फसाउँदै लाने र जनताका आधारभूत आवश्यकता पनि ३० औं वर्ष सम्म पनि पुरा गर्न नसक्ने नेतृत्व भएकोले आफूले विपीको समाजवादी विचार अनुसार नै राजनीति गर्नको लागि जन चाहाना अनुसार स्वतन्त्र उम्मेदवार बनेको नेता जोशीको भनाई थियो ।
कार्यक्रममा स्वतन्त्र अभियान्ता परशुराम गिरी, देवी प्रसाद गौडेल, नन्दलाल पौडेल, दीपक घिमिरे लगायतले पार्टीबाट अन्यायमा पारिएका विकास प्रेमी गोविन्दराज जोशीलाई जिताउनको लागि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । शिव मावि, चण्डिदेवी राष्ट्रिय मावि, भानु मावि लगायत स्थायी गरी शिक्षा विकासमा योगदान पु¥याएको, आफू सत्तामा रहेको बखत नेता जोशीले शिक्षा अतिरिक्त विद्युतिकरण, सडक, लगायतको विकासको पूर्वाधारहरुमा योगदान पु¥याएको स्मरण गरेका थिए । ‘नेता जोशी जस्तो विकास लहर तनहुँमा कसैले पनि ल्याउन नसकेको र यस पटक जिताएर अबरुद्ध बनेको विकासलाई गतिशिल हुने विश्वास जनता जनतामा जागेको छ’ दुम्सी बजार निवासी देवीप्रसाद गौंडेलले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button