श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा अधिकारीको जोडी प्रथम

दमौली,

तनहुँको देवघाट गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको जोडी दौड प्रतियोगितागितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भएका छन् । एक सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो , सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तेस्रो भएका छन् ।

देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १४ जोडीले भाग लिएको गाँउपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । जिल्लामा पहिलो पटक भएको श्रीमान् बोकेर दौडिने प्रतियोगिता एक सय मिटरको दौडको रहेको थियो । महिलाहरु शारिरिक र मानसिक रुपमा पुरुष सरह सक्षम भन्ने सन्देश दिनका लागि प्रतियोगिता गरिएको अध्यक्ष थापाले बताए । प्रतियोगिताका विजेताललाई राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले , गाँउपालिका अध्यक्ष थापा, उपाध्यक्ष विमला थापाले संयुक्त रुपमा शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button