नेता जोशी गृह जिल्लामा

दमौली खबर संवाददाता

नेपालि काँग्रेसका पूर्व सहमहामन्त्रि गोविन्दराज जोशी गृह जिल्ला आएका छन् । एक हप्ताको बसाई लिएर नेता जोशी सोमबार दमौली आएका हुन् । एक हप्ताको समयमा उनले जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागि हुने भएका छन् । २६ गते भानुनगरपालिका वडा नं.१ भन्सार र भानु १० दुधेकुनामा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । त्यस्तै सोहि दिन भानु ११ मानेचौकामा रहेको मानेचौका खानेपानी आयोजना संस्थाको साधारण सभा कार्यक्रम र कार्यकर्ता भेलामा सहभागि हुने छन् ।

२८ गते शुक्लागण्डकी नगरपालिका वडा नं.५ बेलचौतारामा कार्यकर्ता भेला कार्यक्रममा सहभागि हुनेछन् । २९ गते व्यास १२ घाँसिकुमा विपि विचार समाज तनहुँको कार्यलय भवन उद्घाटन र समाजको ११ औँ साधारणसभा र ५ औँ जिल्ला अधिवेशनमा प्रमुख अतिथ्यताको रुपमा सहभागि हुने भएका छन् । नेता जोशीको सचिवालयको अनुसार चैत १ गते उनि काठमाण्डौँ फर्कने भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button