बृद्धाश्रममा न्यानो कपडा वितरण

परोपकार महासंघ नेपालकी आजीवन सदस्य नोमा थापाले व्यास ५ पाटन स्थित बृद्ध आश्रम पुगी बृद्धहरूलाई न्यानो कपडा वितरण गरेकी छिन् । छोरा इभोराइट थापाको २१औं जन्मउत्सवको अवसर पारी थापाले न्योनो कपडा वितरण गरेकी हुन् । डिसु नेपाल तनहुँकी अध्यक्ष समेत रहकी थापाले विगतका वर्षहरूमा समेत आश्रमप्रति यस्ता सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आईरहेकी आश्रमका कोषाध्यक्ष कृष्णराज वाग्लेले जानकारी दिए । थापाले ब्यास ५पाटनमा अवस्थित बृद्ध आश्रमका १२ जना बृद्धबृद्वाका लागि न्यानो कपडा,फलफूल लगाएतका सामाग्री हस्तान्तरण गरेकी हुन् ।

पण्डित शिरोमणी कमलनयन गौतमको परिकल्पना बमोजिम निर्मित बृद्ध आश्रम सम्पूर्ण सहयोगी मनहरूको साथ , समर्थन र सहकार्यबाट निरन्तरता दिन सकिएको संस्थाका उपाध्यक्ष सुवदार वलवहादुर रानाभाटले जानकारी दिए । राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यसमितिद्वारा सञ्चालित जेष्ठ नागरिक चौतारी बृद्धआश्रमका बृद्धबृद्धालाई सहयोग गर्न पाउदा खुसी व्यक्त गर्दै दानवीर थापाले यस्ता कामहरूबाट मानवीय प्रवृत्ति वृद्धि भइ आफुँलाई सन्तुष्टि मिलेको धारणा राखेका थिए । सहयोग कार्यक्रममा संस्थाका अध्यक्ष तारानाथ घिमिरेले विभिन्न उत्सवमा फजुल खर्च घटाएर सहयोगी प्रवृत्ति बढ्नु समाजका लागि सकारात्मक भएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button