ऋषिङ गाउँपालिकाद्धारा तेस्रो ऋषिङ म्याराथन तथा भलिबल प्रतियोगिता गर्ने

दमौली खबर संवाददाता
ऋषिङ, पुस ११ । तनहुँको ऋषिङ गाउँपालिकाद्धारा तेस्रो ऋषिङ म्याराथन तथा भलिबल प्रतियोगिता गर्ने भएको छ ।
तस्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार र प्रबर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले म्याराथन प्रतियोगितालाई निरन्तरता दिएको हो । यही पुस २७ गते स्थानीय र महिला गरी दुई प्रकारका म्याराथन प्रतियोगिता आयोजना गरिने गाउँपालिकाको उपाध्यक्ष गिनुमाया थापाले जानकारी दिनुभयाये  ।
स्थानीय म्याराथन प्रतियोगिता २१ किलोमिटर दूरीको रहनेछ । ऋषिङको प्रवेशद्वार धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७, गाउँपालिका कार्यालय, गोठादी, श्रृङ्ग मावि, ढुङ्गाडे, चालिसे, थप्रेक, भिरकोट, गुम्लेक, कालिका मन्दिर पुगेर समापन हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अनुसार महिला सर्ट म्याराथन प्रतियोगिता १० किलोमिटर हुनेछ । धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७ हुँदै गाउँपालिका कार्यालय पुगेर सकिनेछ । स्थानीय म्याराथनमा प्रथम हुनेलाई रु ३० हजार, द्धितीय हुनेलाई रु २२ हजार, तृतीय हुनेलाई रु १५ हजार र सान्त्वना हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।
महिलातर्फ प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।सोही दिन अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा अन्तर वडाबीच प्रतिस्पर्धा हुनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु ८० हजार, रु ५५ हजार र रु ३० हजार नगद प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेन्डरमा नगद पुरस्कार प्रदान गरिनेछ ।
खेलकुदको प्रबर्द्धन गर्दै युवायुवतीलाई खेलकुदमा आकर्षित गर्न गाउँपालिकाले अध्यक्ष कप प्रतियोगिता आयोजना गर्न सुरु गरेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुहुन्छ  ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button