गाँउलेलाई रोट्रयाक्ट वेदव्यासको न्यानो कपडा सहयोग

यसैबीच दमौलीमा रहेको रोट्रयाक्ट वेदव्यास क्लबले उक्त गाँउका ६० घरधुरीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबको न्यानो कपडा अभियान अन्तर्गत उक्त गाँउका ६० घरधुरीलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै ऋषिङ गाँउपालिका वडा नं ३ को वडा सदस्य होली माया थापाले क्लबको सहयोग सहनिय रहेको भन्दै धन्यवाद व्यत्त गरिन् । उनले भनिन्,‘यस्तो विकट गाँउमा आएर क्लबले सहयोग गरेको छ ।

यस्तो कार्यलाई निरन्तरता दिन आवश्यक छ । ’ नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहँुकी अध्यक्ष कल्पना गौलीले ग्रामिण भेगको महिलाहरुले नेतृत्व लिन आवश्यक रहेको बताईन् । क्लबको कार्यलाई प्रंशसा गदै उनले गा्रामीण भेगलाई केन्द्रीत रहि विकास गर्न आवश्यक रहेको बताईन् । सरस्वती आधारभूत विद्यालयका प्र.अ एवंम् स्थानिय समाजसेवी चित्रबहादुर थापाले विकासको हिसाबले गाँउ धेरै पछाडी परेको बताउदै स्थानिय स्तरबाटै विकास गर्न अग्रसर हुनुपर्ने बताए ।

रोट्रयाक्ट क्लब अफ कुपण्डोल र पातलगङ्गाको संयुक्त सहकार्यमा गाँउका विपन्न वर्गलाई कपडा वितरण गरिएको क्लबकी सचिव सुस्मीता रेग्मीले जानकारी दिईन् । क्लबकी अध्यक्ष सन्जु घलेले उक्त गाँउमा आगमी दिनहरुमा अन्य कार्यक्रमहरु समेत गर्ने जानकारी दिईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button