जेसीआई व्यास नगरको नयाँ पदाधिकारीको पदस्थापना

जेसिआई व्यास नगर २०२१ का लागि २६ औं शाखा अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । व्यास ४ कृष्णपुरमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठले नवनियुक्त अध्यक्ष लक्ष्मीभक्त खनाललाई सपथ ग्रहण गराउदै पद ग्रहण गराए ।नेपाल जेसीजका अध्यक्ष अरुनेश्वर खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष खनालसहित नव निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा बोल्दै अरुनेश्वरले जेसीजमा आवद्ध युवाहरुले नेतृत्व विकासमा जोड दिनुको साथै अनुशासनमा रहनु पर्ने बताए । कार्यक्रममा व्यास नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठ, तनहँु उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button