व्यास ७ मा दलित सचेतना तालिम

दमौली खबर संवाददाता

दमौली, चैत २६

तनहुँ ःव्यास नगरपालिका वडा नम्बर ७ मा ३ दिवसीय दलित सचेतनातालिम सुरु भएको छ । व्यास नगरपालिका वडा नम्बर ७ को आयोजना र परिवर्तनकालागि मिडियाको संयोजनमा शनिबारदेखि सुरु तालिममा जातिय छुवाछुत र विभेद विरुद्धका कानुनीव्यवस्था, जातिय संरचना र त्यसले समाजमापारेको प्रभाव, औपचारिक कार्यक्रमकलालगायतको बारेमादलित सहभागीलाई प्रशिक्षण दिईएको थियो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्ण न्यौपानेले समाज परिवर्तनको अवरोध नै जातिय छुवाछुत र विभेद भएकोले त्यसको विरुद्ध सबै जागरुकहुनआवश्यक रहेको बताृउनुभयो । हरेक खालको विभेदलाई समाप्तगर्न आफू वडातहमा सकृय रहेको समेत अध्यक्षन्यौपानेले जानकारी दिए । छुवाछुत दलितको मात्र समस्या नभएर सबै मुलुककै समस्या भएको उहाँले बताउनुभयो ।

व्यास नगरपालिका नगर कार्यपालिका सदस्य नीला घिमिरेले हरेक स्थानीय तहबाटै जातियविभेद र छुवाछुत विरुद्धको आवाज उठ्नुपर्ने बताउनुभयो । दलितहरु संगठित भई जातिय विभेदको विरुद्ध दलितहरु जुट्दै जानु सकारात्मकभएको समेत उहाँले बताउनुुभयो । दलितहरुलाई विवाह र भोज भतेरमा नबोलाउने गरी जातिय छुवाछुतको नयाँ रुप देखिएकोले सचेतना कार्यक्रम गर्नु परेको व्यास नगरपालिका ७ नम्बर वडा सदस्य सरस्वती विकले बताउनुभयो ।

युवा लेखक तथा प्रशिक्षक विनोदकुमार विकले दलित जाति उत्पत्ति कसरी ?, पत्रकार पूर्ण विकेले औपचारिक कार्यक्रम संचालनविधिबारे तालिमको पहिलो दिन सहजीकरण गर्नु भएको हो।

दलितहरुलाई तालिमप्रदान गरी नेतृत्व तहमा पु¥याउन आवश्यक ठानेर वडाबाट तालिम प्रदानगरिएको व्यास ७ वडा सचिव सन्तोष गोदारले बताउनु । कार्यक्रममा ३५ जना सहभागी हुनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button