देवघाटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको भनाई

दमौली खबर संवाददाता

देवघाट चैत २६ गते ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले देवघाटलाई देशकै नमुना धार्मिक स्थलको रूपमा बिकास गर्ने बताएका उताउनुभयो ।

शनिवार नेपाली काङ्ग्रेस देवघाट गाउँ कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले देवघाटको बिकासको लागि आँफु शक्तिमा हुँदा या नहुँदा सधैं लागिपर्ने बताउनुभयो । देवघाट सँग नेपाली काङ्ग्रेसको विरासत जोडिएको भन्दै भट्टराईले पार्टीको प्रतिष्ठाको लागि पनि कांग्रेसले जित्नुपर्ने बताउनुभयो । मङ्सिर ४ मा गएको चुनावमा रामचन्द्र पौडेलले राष्ट्रपति भएपछि उहाँले जनता माझ गरेका प्रतिवद्धताहरू आँफुले पूरा गर्ने जिम्मेवारी आएको बताउनुभयो । तनहुँको बिकासको लागि कार्ययोजना बनाएर अगाडि बढ्दा समस्याको समाधानमा सहयोग पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा स्थानीयले सुकुम्बासी समस्या, घुमाउने र ठिमुराको पुल , कोटाको पुल , गाइघाटको पक्की पुल , सालिग्राम मार्ग स्तरोन्नति , संस्कृत विश्व बिद्यालय बनाउन पहल गर्न तथा नदीतटबन्धको समस्याको बारेमा राखेको जिज्ञासामा सबै समस्याको समाधान गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । गाउँपालिका स्तरीय छलफल तथा उपसभापति पुरूषोत्तम पण्डितको सभापतित्वमा भएको थियो ।

उक्त अवसरमा प्रदेश सांसद बिमला गौचन , कांग्रेसका नेताहरु चिनु पोख्रेल, नेपाली काग्रेका श्याम मौरती, काजिमान श्रेष्ठ, इन्द्र थापा , भरत आचार्य , अर्जुन अधिकारी , रबिन्द्र गुरूङ , लक्ष्मीभक्त खनाल , माओवादीका भिम राना र दुर्गालाल गुरूङ लगायतले समस्या पर्दा जिल्लाको नेतासँग हार गुहार गर्न सजिलो हुने भएकोले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्नेमा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button