शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने, भिमादमा भने नियमित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो ।

   बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखाँै विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभयो । 

यता भिमाद नगरपालिकाले भने नियमित रुपमा विद्यालय सञ्चालन गराउने भएको छ । नगरपालिका क्षेत्रभित्र हालसम्म कुनै वातावरणीय असहज अवस्था नरहेकोले भन्दै विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । सोमबार नगरपालिकाले सूचना जारी गर्दै नगर क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुनाले विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिईएको छ ।

नगरपालिकाको शिक्षा शाखा अधिकृत टेकावती ढकालले भनिन्,‘ सरकारले वायुप्रदुषणको कारण विद्यार्थीको स्वास्थ्यमा नराम्रो असर नपर्न विद्यालयहरु २० गतेसम्म बन्द हुने सूचना जारी भएता पनि यस नगर क्षेत्रभित्र कुनै वातावरणीय असहज अवस्था छैन । ’ उनले अघि भनिन्,‘ अहिले सम्म कुनै पनि वातावरणीय असर देखिएको छैन त्यसैले विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशानुसार सुचित गरिएको छ ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button