गाछेपानीलाई घारी जोड्ने सेती नदीमा मोटरेबल पुल बन्ने

दुलेगौँडा ः तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी र वडा नम्बर ९ को घारीलाई जोड्नेगरी मोटरेबल पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाको पहलमा सेती नदीमाथी पुल बन्न लागेको हो । शुक्लागण्डकी र स्याङ्जा जिल्लाका सेतीपारीका बासिन्दाको सहज आवतजावत र कृषि उत्पादनको व्यवसायीकरणलाई सघाउन पुल अतिआवश्यक ठानेर प्रदेश सरकारले निर्माण गर्न लागेको कोईरालाले बताउनुभयो । पुल निर्माणको पुर्व तयारीका लागी शनिबार भएको भेलालाई सम्बोधन गर्दै कोईरालाले प्राविधिकहरूबाट प्रारम्भिक अध्ययन भईसकेको र अब छिट्टै विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपीआर) तयार हुने जानकारी दिनुभयो ।

शनिबार भएको भेलाले सरन सापकोटाको अध्यक्षतामा १९ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्तु ढकाल, सचिवमा अस्मिता खनाल, कोषाध्यक्ष नवराज तिवारी र सहसचिव सुमन श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा विशाल केसी, अनिष कुमार ढकाल, हरिलाल रिमाल, उदयराज गुरूङ, मुक्ति सापकोटा, सुरेन्द्र तामाङ, रमेश भुजेल, टेकनारायण कोईराला, राजु श्रेष्ठ, अप्सरा भण्डारी, शर्मिला विश्वकर्मा, विनोद वाग्ले र बुद्धिमाया गुरूङ रहनुभएको छ । यहाँ मोटरेबल पुल नहुदाँ दुलेगौँडाको पुलचोक हुदैँ घारी जानुपर्ने बाध्यता छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button