यसरी जिउन सकिन्छ तनावमुक्त जीवन

दीपकराज जोशी

एकातिर तपाईंको दराजमा नलगाइकन १० थरी ज्याकेट र स्वेटर झुन्डिरहँदा अर्कातिर जाडोमा चिसो लागेर केही मानिसको ज्यान नगएको होइन। भित्ताभन्दा ठूलो टिभी, कहिले पनि प्रयोग नहुने ठूला घरका कोठाहरू ।

छोराछोरीको बिहे हुने बेलासम्म पनि स्टोर गरेर राखिएको बाबुआमाको बिहेका गिफ्टहरू । जिउ घटाएर लगाउँछु भनेर राखिएको फिट नहुने लुगा । ३७४ दिन थोत्रो प्लेट र पकाएकै भाँडाबाट पस्कँदै खाँदै गर्दा दराजबाट तपाईंलाई हेरिरहेका ती वाइनका ग्लास र प्लेटहरू जो प्रयोग हुनका लागि सधैँ आतुर छन् । २० लाखको हिराको हार लगाएर बिहे गरेकाहरूको पनि डिभोर्स भएको छ । १ लाख हारको सट्टा ५ लाखको हारले ५ गुणा बढी खुशी दिँदैन । खुशीको मूल्य हुँदैन।

न त हामी जन्मिँदा हामीसँग कुनै भौतिक स्वामित्व थियो न त हामी मरेर जाँदै गर्दा भौतिक स्वामित्व लिएर जान्छौँ । तर जीवनभर हामी भौतिक स्वामित्वका लागि आफ्नै सन्तानसँग पनि लड्न पछि पर्दैनौँ । हाम्रो मूल्य र मान्यतालाई हामीसँग भएको सामानले देखाउन सक्दैन। भौतिक परिवेशले हामीलाई केही समयका लागि मात्र खुशी दिन्छ । यदि तपाईं आफूलाई चाहिनेभन्दा बढी वस्तु सञ्चय गर्नुहुन्छ भने त्यसले केबल तपाईंको समय, ऊर्जा र स्वतन्त्रतालाई नोक्सान पुर्‍याएको हुन्छ ।  हामी भविष्यको खुशी र सन्तुष्टिका लागि वर्तमान गुमाउँछौ ।

थप पढ्नको लागि यहाँ क्लिक गर्नु होला

https://lokaantar.com/story/124899/2020/11/23/deepakraj-joshi

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button