दमौली बजार सुन्दर बनाउन विभिन्न विकल्प

जिल्लाकै अभिभावकको रुपमा चिनिने व्यास नगरपालिकाको मुख्य शहरी क्षेत्र दमौली बजार सुन्दर बनाउन सम्बन्धी निकाय सँग छलफल गरिएको छ । नगरपालिकाको आयोजनामा सोमबार व्यास नगरपालिकाको सभा हलमा मुख्य शहरी क्षेत्रको व्यवस्थापनको लागि सम्बन्धीत निकायहरु सँग छलफल गरिएको हो । दमौली बजारको मुख्य समस्याको रुपमा रहेको सवारी पार्किङलाई तत्कालको व्यवस्थीत गर्न वक्ताहरुले जोड दिएका थिए । नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँु सँग समन्वय गरि पार्किङ व्यवस्थापनलाई सुधार गर्ने भएको छ । कार्यक्रममा बोल्दै ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले दमौली बजार क्षेत्रलाई पार्किङ व्यवस्थापनमा राम्रो गर्नको लागि निजि सवारी साधनलाई पार्किङ गर्न निश्चित ठाँउ तोकिने बताए ।

उनले भने,‘व्यास ४ बुल्दी खोलाको पुल देखि मादी पुल यता राजमार्गको आसपाससवारी साधन पार्किङ गर्न पाईने छैन, निजि दुवानी सवारी साधनको लागि निश्चित ठाँउ तोकिने छ । ’ उनले अघि भने,‘अव्यवस्थीत सवारी साधनलाई व्यास १ कराङकाठमा रहेको बस पार्क क्षेत्रमा पार्किङ गर्न तोकिएको छ । ’ त्यस्तै उनले राजमार्गको आसपास सञ्चालित विभिन्न वकसर्प र मोटरपार्टस व्यवसायले राजमार्ग क्षेत्रमा प्रदुषीत बनाएको बताउदै व्यवसायीहरुले सरसफाईमा विशेष ध्यान दिनु पर्ने पनि बताए । दमौली बजारमा पार्किङ क्षेत्रलाई प्रभावकारी बनाउन सबै निकायको सहयोगको आवश्यक रहेको पनि बताए ।

त्यस्तै यातायात व्यवसायीहरुले बसपार्क जाने बाटो जोखिम रहेको र त्यसको मर्मत गर्न आवश्यक रहेको बताए । पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चायले सवारी साधन सञ्चालन गदाई स्वास्थ्य मापढण्ड पूरा नगरेको भेटिएको भन्दै उक्त कुरामा ध्यान दिनु पर्ने बताए । छलफलमा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले दमौली बजारको भोर्लेटार चोकमा दुवानी गर्ने देखि विभिन्न सवारी साधन अव्यवस्थित ढङ्ग बाट रहेको भन्दै उक्त क्षेत्रलाई व्यवस्थीत गरिने बताए ।

उनले भने,‘भोर्लेटार चोकमुनि बाह्य जिल्ला बाट आएका सवारी साधन अव्यवस्थित रुपमा पार्किङ रहेका हुन्छन्, उक्त ठाँउलाई व्यवस्थीत गर्न आवश्यक छ । ’ उनले थपे,‘उक्त क्षेत्र व्यवस्थित गर्न व्यवसायी क्षेत्रकाले विशेष ध्यान दिन आवश्यक रहेको छ । ’ बजारको सौन्दर्य,सुरक्षाको हिसाबले बजार क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको नगरप्रमुख न्यौपानेले बताए ।उनले बसपार्क जाने बाटो मर्मत गरिने बताए । नगरप्रमुख न्यौपानेले तत्कालको लागि अहिले सञ्चालनमा रहेको व्यवसायहरुले सुरक्षाको मापढण्ड पुरा गर्न आवश्यक रहेको बताए । उक्त छलफल कार्यक्रममा दमौली बजारको राजमार्ग क्षेत्रमा सञ्चालित हाडर्वयर, वर्कसप लगायत सम्बन्धीत निकायकाको उपस्थिती रहेका थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button