तनहुँमा पनि देखियो लम्पि स्किन रोग

दमौली, भारतका सिमाना क्षेत्रमा रहेका जिल्लाहरुमा गाई भैंसीमा पैmलिरहेको लम्पि स्किन रोग तनहँुका पशुहरुमा पनि देखिन थालेको छ । तनहुँमा ४५ वटा गाईभैसीमा संक्रमण पुष्टि भएको छ भने करिब एक सयमा लक्षण देखा परेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–११ का फराकचौरका कृषकले पालेको गाईमा उक्त भाईरस देखिएको हो । त्यहाँका गाईको नमुना लिएर भेटेरिनरी अस्पतालमा परिक्षण गर्दा रोग लागेको पुष्टि भएको केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने उनले बताए । छिमेकी भारत हुँदै यो रोग नेपालमा भित्रिएको पशु विज्ञले बताएका छन् । उनले भने, ’भारत र बंगलादेशमा पनि यो रोग देखिएकाले त्यतैबाट सरेर आएको हुन सक्‍ने अनुमान रहेको छ ।’

उक्त रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम सञ्चालन गर्न स्थानिय तहलाई आग्रह गरिएको उनले बताए । यस रोगको खोप नेपालमा हाल सम्म उपलब्ध नभएकोले ठोस उपचार नभएको उनले बताए । उनले भने,“ लक्षण देखिएका पालिकामा सचेतनामुलक कार्यक्रम गर्न रोगबाट बचाउन आग्रह गरिएको छ । ”

रोगबाट बचाउन गोठ र गोठको वरीपरी सफा र ओभाने राख्ने, गोठ र मलखादको दुरी १० मिटर कायम राख्ने, भकारोमा पिसाब तथा पानी जम्न नदिने, गोठको वरीपरीका खाल्टाखुल्टी पुर्ने, मट्टितेल, फिनेल, आदि छर्केर लामखुट्टे, भुसुना, भिंmगा भगाउने÷मार्ने काम गर्न लगाईएको छ ।

जोखिममा रहेका स्थानबाट पशु खरीद तथा बिक्री गर्न पुर्ण रुपमा प्रतिबन्ध लगाईएको छ ।हाल नेपालको मोरङ, झापा, लगायतका पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखाई सयौं गाई बिरामी परेको र केही मरेकोले यसतर्फ समयमै पशुपालन कृषकहरु सर्तक हुनु पर्ने सो कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको तनहुँको अतिरिक्त नवलपुर, कास्की, स्याङ्जा जिल्लाका केही स्थानमा समेत रोग पैmलिरहेको थियो । अफ्रिकाबाट मध्यपूर्व हुँदै यो रोग भारत र बंगलादेशमा सन् २०१९ मा पनि देखा परेको थियो ।

बाख्रामा देखा पर्यो पीपीआर रोग

तनहुँमा किसानले पालेका बाख्रामा पिपिआर रोग महामारीका रुपमा देखा परेको छ। तनहुँमा मात्रै पिपिआर रोगबाट १८ वटा बाख्रा मरिसकेको तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले जानकारी दिए । रैपिड पीपीआर एन्टिजेन टेष्ट किटबाट परीक्षण गर्दा बाख्रामा पीपीआर रोग पोजिटिभ देखिएको जनाईएको छ भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा यो रोग सबभन्दा बढी देखा परेको छ।पिपिआर रोगले बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । उक्त रोगबाट शुक्लागण्डकी नगरपालिकाकाको वडा नम्बर ६ र २ मा गरी ८ वटा, व्यास नगरपालिका–११ मा एक वटा, भानु नगरपालिका–३ मा नौ वटा गरी १८ वटा बाख्रा मरेको छन् ।

महामारीका रुपमा पिपिआर रोग देखा परेपछि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहँुबाट चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले प्रभावित क्षेत्रका बाख्रामा माहामारी रोग पिपिआरविरुद्धको खोप लगाउने कार्य गरिरहेको छ। पिपिआर रोग लागेका बाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्ने गर्दछन्। पिपिआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकार सङ्क्रमक रोग हो यो।यसको रोकथामका लागि पिपिआरविरुद्धको खोप एकमात्र उपाय भएको चिकित्सकको भनाइ छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button