किताब पढेर संसार निहाल्दै

चारैतिर अग्लो पर्खाल। पर्खालमाथि काँडेतार। फलामले बनेको ढोकामा जाली सहितको भोटे ताल्चा ठोकिएको भित्रि गेट र पर्खालबाहिर कडा प्रहरी सुरक्षा। त्यही सुरक्षा घेराभित्रका बन्द कोठाबाट सानो आकाश र त्यही आकाशमा घुमिरहेका पंक्षी बाहेक अरु केही देखिँदैन। हेरौं भने त्यहि सानो आकाश। नहेरौं भने दिउँसै राति। नयाँ नयाँ मान्छे । लाग्छ कुनै भिडमा हराएको बालक जस्तै । यो दृष्य हो, तनहँु कारागारको। कारागारमा रहेका दुई सय ६९ जना कैदीबन्दीले यसको राम्रोसँग महशुस गरेका छन्।कैदीबन्दीका लागि कारागार एउटा छुट्टै र अँध्यारो संसार हो। त्यहाँ उनीहरुलाई थप पीडाको महशुस हुन्छ। तर पीडा व्यक्त गरे समाधान हुने विकल्प पनि छैन।

त्यसैले त उनीहरु आफूलाई पिंजडाभित्रको चराजस्तै ठान्छन्। कैदीबन्दीहरुलाई केही हदसम्म भएपनि पीडा घटाउन तथा उनीहरुलाई स्वतन्त्रताको अनुभुति गराउन उक्त कारागारमा टिम नेपो तनहँुले पुस्तकालयको स्थापना गरेको छ। यस अघि पुरानो कारागार भवनमा केही पुस्तक रहेपनि नयाँ कारागार भवनमा भने पुस्ताकालय थिए । कारागारमा पुस्तकालयको व्यवस्था भएपछि उनीहरुलाई स्वतन्त्रता सहितको अध्ययनशिलले संसार नियाल्ने मौका मिल्ने विश्वास गरिएको छ । उनीहरुले किताबमा स्वतन्त्रता भेट्ने विश्वास लिएको जिल्ला कारागार तनहँुका सुचना अधिकारी नारायण अधिकारीले जानकारी दिए ।

यस अघि पुरानो भवनमा रहेका कारागारमा पुस्तकालय स्थापनापछि कैदीबन्दीको अध्ययन गर्ने बानी समेत विकास भएको थियो । तर पयाप्त पुस्तक नहुदाँ पढ्न नपाएको कैदी तिलक सारुले गुनासो गरे । टिम नेपोले नयाँ कारागार भवनमा पुस्ताकलय सहित एक हजार पाँच थान पुस्तक हस्तान्तरण गरेको छ । एक औपचारिक कार्यक्रमबीच विहिबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त पुस्तक हस्तान्तरण गरे । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले कैदीबन्दीलाई समाजले नराम्रो दृष्टीकोणले हेर्ने गरेको बताए ।

उनले भने,‘जेल भन्नी बित्तिकै नराम्रो सोच आउछ, जेलबाटै डिग्री दिने समेत भेटिन्छन् । ’ उनले थपे, ‘पुस्तकले कारागारमा कैदीबन्दीलाई समय बिताउन सहज हुन्छ । ’प्रमुख जिल्ला अधिकारी सागर आर्चायले कारागारमा रहेको कैदीबन्दीको आवश्यकता हेरेर पुस्तक दिन आवश्यक रहेको बताए । टिम नेपोका केन्द्रिय संस्थापक अध्यक्ष निगम पौडेलले पुस्तक परियोजना अभियान अन्तर्गत पुस्ताकलयको स्थापना सहित पुस्तक हस्तान्तरण गरिएको बताए ।

जीवनमा पुस्तकले परिवर्तन गर्न सक्छ भने उद्देश्यका साथ पुस्तक यस्ता कार्यक्रम सचांलन गरिएको उनले बताए । यसअघि पुरानो कारागारमा रहेको पुस्तक पढ्दै आएका कैदीबन्दी सुनिल पराजुलीले भने, ’पुस्तक अध्ययनले ज्ञान मात्र होइन सकारात्मक सोचको पनि विकास हुँदो रहेछ, हामीले अहिले किताबमै स्वतन्त्रता सहितको नयाँ संसार भेट्न थालेका छौ।’ पुस्तकालयमा विभिन्न विधाका पुस्तक उपलब्ध छन्। भने अझैं पुस्तक जम्मा गर्ने काम भइरहेको छ।त्यहाँ कैदीबन्दीले आफ्नो रुचिअनुसारकै पुस्तक अध्ययन गर्न पाउँछन्। यसले उनीहरुको सोचाईमा समेत सकारात्मक परिवर्तन हुने एसपी अरुण पौडेलले बताए ।

उनले कैदीबन्दी अनुशासित बन्दै गएको बताउँदै कारागारभित्र सबैसँग भाइचाराको सम्बन्ध कायम गर्न सुझाए। टिम नेपो तनहँुका अध्यक्ष गोविन्द तिमिल्सेनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायतले यस अभियानले कैदीबन्दीको जेल बाहिरको भविष्य उज्यालो रहेको भन्दै अभियानलाई देशै भरी लागु गर्न आवश्यक रहेको बताए ।

उनले कैदीबन्दी अनुशासित बन्दै गएको बताउँदै कारागारभित्र सबैसँग भाइचाराको सम्बन्ध कायम गर्न सुझाए। टिम नेपो तनहँुका अध्यक्ष गोविन्द तिमिल्सेनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायतले यस अभियानले कैदीबन्दीको जेल बाहिरको भविष्य उज्यालो रहेको भन्दै अभियानलाई देशै भरी लागु गर्न आवश्यक रहेको बताए ।

उनले कैदीबन्दी अनुशासित बन्दै गएको बताउँदै कारागारभित्र सबैसँग भाइचाराको सम्बन्ध कायम गर्न सुझाए। टिम नेपो तनहँुका अध्यक्ष गोविन्द तिमिल्सेनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायतले यस अभियानले कैदीबन्दीको जेल बाहिरको भविष्य उज्यालो रहेको भन्दै अभियानलाई देशै भरी लागु गर्न आवश्यक रहेको बताए । साथै कार्यक्रमलाई व्यासनगरपालिका र रोटरी क्लव अफ काठमाण्डौँ मिटटाउनले सहयोग गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button