उम्मेदवार गोविन्द भट्टराईले देवघाट लाई धार्मिक स्थलको रूपमा बिकास गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता

दमौली, चैत २६

नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले देवघाट लाई धार्मिक स्थलको रूपमा बिकास गर्ने बताएका छन् । सनिवार नेपाली काङ्ग्रेस देबघाट गाउँ कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तर्क्रिरया कार्यक्रममा बोल्दै भट्टराईले देवघाटको बिकासको लागि आँफु सक्तिमा हुँदा या नहुँदा सधैं लागिपर्ने बताए । देवघाट सँग नेपाली काङ्ग्रेसको बिरासत जोडिएको भन्दै भट्टराईले पार्टीको प्रतिस्ठाको लागि पनि काङ्ग्रेसले जित्नुपर्ने बताए । यहाँ गोविन्द भट्टराई मात्रै लडेको होइन , नेपाली काङ्ग्रेस लडेको हो भन्दै उनले गठवन्धनका उम्मेदवार लडेको तिनवटै क्षेत्रमा जित्ने गरि लाग्न केन्द्र देखि वडा र टोलसम्म पार्टी पंक्ति परिचालित भएको बताए । गएको चुनावमा रामचन्द्र पौडेलले जितेको र उहाँ राष्ट्रपति भएपछि उहाँले जनता माझ गरेका प्रतिवद्धता हरू आँफुले पूरा गर्ने जिम्मेवारि आएको उनले बताए । तनहुँको बिकासको लागि कार्ययोजना बनाएर अगाडि बढ्दा समस्याको समाधानमा सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा स्थानीयले

सुकुम्बासी समस्या , घुमाउने र ठिमुराको पुल , कोटाको पुल , गाइघाटको पक्की पुल , सालिग्राम मार्ग स्तरोन्नति , संस्कृत विश्व बिद्यालय बनाउन पहल गर्न तथा नदि तटबन्धको समस्याको बारेमा राखेको जिज्ञासामा सबै समस्याको समाधान गर्न आँफु प्रतिवद्ध भएर लाग्ने बताएका थिए । गाउँपालिका स्तरीय छलफल तथा अन्तर्क्रिरया कार्यक्रम काङ्ग्रेस देवघाट गाउँपालिका

उपसभापति पुरूषोत्तम पण्डितको सभापतित्वमा भएको थियो । उक्त अवसरमा प्रदेश सांसद बिमला गौचन , काङ्ग्रेस नेतृ चिनु पोख्रेल , श्याम मौरति , काजिमान श्रेष्ठ , इन्द्र थापा ,भरत आचार्य , अर्जुन अधिकारी , रबिन्द्र गुरूङ , लक्ष्मी भक्त खनाल , माओवादिका भिम राना र दुर्गालाल गुरूङ लगायतले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्ने बताएका थिए । कार्यक्रममा देवघाटका हजारौं नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button