आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदलमार्ग खाली गर्ने

दमौली खबर संवाददाता
असोज १० ।
आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदल मार्ग हटाउने कार्य अघि बढाएको छ । सुरुमा वडा नम्बर ३ आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने र अन्य वडामा पनि अतिक्रमण गरेको क्रमश हटाइने गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाले बुधबार ३५ दिने एक सूचना जारी गर्दै मुख्य सडकको नालाबाट ३ मिटर छोडेर पैदलमार्ग खाली गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
 आँबुखैरेनी बजार चोक देखि गोरखारोड अन्तर्गत मनकामनाचोकसम्म र गाउँपालिकाचोकसम्मको सडकमा रहेको मुख्य नालाबाट ३ मिटर भित्रको दायाबाया भाग छोडेर पैदलमार्ग खाली गर्न निर्देशन दिईएको उहाँले जानकारी दिनुभयो । ‘अतिक्रमित भागलाई हटाई तीन मिटर पैदल मात्र निर्माण गरी व्यवस्थित गर्न लागेका छौं’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो । ।  निर्माण भएका कुनैपनि संरचना हटाउने, निर्माण कार्य बन्द गर्ने, ठेलागाडा हटाउने लगायत अन्य सम्पूर्ण संरचना हटाईने गाँउपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button