राष्ट्रपति पौडेलद्धारा जिल्लाबासीलाई शितल निवासमा निम्ता

दमौली खबर संवाददाता

तनहुँ, चैत १० गते

राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँ जिल्लावासी शितल निवासमा निम्ता दिनु भएको छ । दिउँसो ४ बजे देखि ५ बजे सम्म राष्ट्रपति पौडेलले शितल निवास डाक्नु भएको निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

आफू राष्ट्रपतिमा निर्वाचित भएपछि धन्यवाद दिन सांसदहरुलाई राष्ट्रपति निवासमा डाकेको उहाँले बताउनुभयो । राष्ट्रपति कार्यालयबाट चियापानको निम्तो आएको नेपाली कांग्रेस व्यास नगरसभापति सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले निम्ता दिँदा खुसी लागेको नेपाल ट्रेडयुनियन कांग्रेस तनहुँका कार्यबाहक सभापति लोकराज सेढाईले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button