केन्द्रीय सदस्य भट्टराईद्धारा उम्मेद्वार बन्ने घोषणा

अमरराज नहर्की÷तनहुँ समाचारदाता
तनहुँ भदौ ४ गते । नेपाली काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी निर्वाचनमा क्षेत्र नम्बर १ बाट संघीय तर्फ आफूले टिकट पाउनु पर्ने दाबी गर्नु भएको छ ।
     व्यास नगरपालिका–११ बेलटारीमा नेपाल महिला संघ वडा कार्य समितिले कार्यकर्ता भेटघाट तथा तिजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दाबी गर्नु भएको हो । पाकाहरुले समानुपातिकमा बसेर अवसर नपाएका र योग्यहरुलाई उम्मेदवार बनाउनु पर्ने बताउनुभयो । हालै सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण गर्दा देशैभरीको मतदाताको चाहाना नयाँ उम्मेदवारलाई जिताउँ भन्ने भएको र सो चाहाना अनुसार आफू योग्य भएको उहाँको भनाई रहेको थियो । ‘राजनीतिमै लागेको  ४४  वर्ष  भईसक्दा पनि एकचोटी पनि संसदीय निर्वाचन लड्ने अवसर आज सम्ममा नपाएकोले यसपटक आफूले पाउनु पर्ने भट्टराईको जिकिर थियो ।
         ठुलो संख्यामा उपस्थित मानुभावहरुहरुले उत्साहका साथ उहाँको उम्मेदवारी दाबा प्रति ताली बजार समर्थन जनाएका थिए ।  नागरिकता विद्ययक नेपालकै संविधानको भावाना अनुसार आएको र गत एमाले नेतृत्वको सरकारमा राष्ट्रपति जारी अध्यादेश भन्दा फरक विषयहरु कुनै पनि नआएको बताउनुभयो । नागरिकता जस्तो विषयमा एकदमै संवेदनशिल ढंगले सोच विचार गरी सबै नेपालीहरुलाई नागरिकता दिने व्यवस्था मिलाईदिन पर्नेमा यसलाई केवल राजनीतिक स्वार्थसिद्धीको माध्यम खोजिएको केन्द्रीय सदस्य भट्टराईले बताउनुभयो । सबै नेपालीले नागरिकता पाउनु पर्ने भएकाले विद्ययक आवश्य भएको उहाँको भनाई थियो ।
     महिला संघ वडा कार्य समितिको सभापति इन्दिरा अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रम व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, नेपाली काँग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, नेपाल महिला संघको अध्यक्ष पवित्रा पौडेल, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, नेपाली काँग्रेस व्यास नगर उपसभापति शोभा वडु वडाध्यक्ष दलबहादुर दुरा लगायतले  देशको निकास दिने र विकास दिने नेपाली काँग्रेस भएको कुरा जनतालाई बुझाएर काँग्रेसका उम्मेदवारलाई संघ तथा प्रदेशको चुनावमा कटिबद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button