संक्रमितको सम्र्पकमा आएकाहरुकोे स्वाब संकलन

दमौली खबर सम्बाददाता
असार ११, दमौली । तनहुँको बन्दिपुर गाउँपालिकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि उनीहरु संग सम्पर्कमा रहेका १०१ जनाको कोरोना परिक्षण गर्न स्वाव संकलन गरिएको छ ।बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि, बन्दिपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, इलाका प्रहरी कार्यलय बन्दिपुरको प्रहरी लगायत सम्पर्कमा आएका केही स्थानियहरुको समेत स्वाब संकलन गरि पोखरा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाईएको
छ । बन्दीपुर गाउँपालिका कार्यालय र इलाका प्रहरी कार्यालय बन्दीपुर तथा गाउँपालिका भित्रको पुरै सरकारी कार्यलय १ हप्ता तथा गैर सरकारी कार्यालयहरु, बैंक बित्तीय सस्था ,ब्यापार ब्यवासाय लगाएतका सम्पुर्ण सेवाहरु २ हप्ताका लागी पुर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button