मरेपछि मात्र स्वाब संकलन !

दमौली खबर सम्बाददाता
असार ११, दमौली । क्वारेन्टाईनमा बसेका व्यक्तिको स्वास्थ्य जाँचमा सरकारले हदैसम्मको लापरबाही र बेवास्ता गर्ने गरेको देखिएको छ । तनहँुको घिरिङ गाउँपालिका वडा नं २ स्थित चन्द्रज्योति माविको क्वारेन्टाइनमा गए राती ४९ वर्षीय हिरा सिंह परियारले आत्महत्या गरे । आत्महत्या भए पछि मात्र ती व्यक्तिको कोरोना परिक्षणको लागि स्वाब संकलन गरियो । बुधबार ती व्यक्तिको स्वाब संकलन गरेर पोखराको प्रयोशालामा पठाईयो ।
सरकारले स्वाब संकलनमा देखाएको ढिलासुस्तीले क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुलाई दिनहँु समस्यामा गाँस्दै गएको छ । तनहँुको यो घटना प्रतिनिधि घटना मात्र हो । यसअघि पनि अन्य जिल्लामा पनि यस्ता घटना भईरहेका छन् । भारतबाट असार ४ गते घर आएका परियार वडा नम्बर ३ गैह्र्राथोकका स्थानीय बासिन्दा हुन् । गाउँमा बरालिदैं हिंडेको अवस्थामा उनलाई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

यता प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीका अनुसार उक्त व्यक्तिको स्वांब संकलन गरेर परीक्षणको पोखरा पठाईएको जानकारी दिए । उनका अनुसार रिर्पोट विहिाबार आउने भएको छ । मुत्यु भएको व्यक्तिको शव भने दमौली अस्पतालमा राखिएको उनले जानकारी दिए । रिर्पोट आएपछि मात्र शव व्यवस्थापन गरिने प्रहरीले जनाएको छ । क्वारेन्टाईनमा झन्डै पाँच दिन सम्म बस्दा पनि स्वांब संकलन नभएको र जब मुत्यु भयो त्यसपछि मात्र नमूना परीक्षण गर्ने सरकारी रबैया दुःखलाग्दो रहेका स्थानियहरु बताउँछन् । बेलैमा स्वाब परीक्षण नगर्ने र मुत्यु भए पछि मात्र नमूना परीक्षण हुने अवस्थाले हाम्रो देशको स्वास्थ्य अवस्थाको कुरुप तस्विर देखाउँछ ।’ एक स्थानियले
भने । हाल उक्त क्वारेन्टाइनमा चार जना बाँकी छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button