झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटु परिक्षण

दमौली खबर संवाददाता

दमौली, माघ २९

तनहुँको सदरमुकाम दमौली आईतबार झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटुको परीक्षण गरिएको छ । नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजना विद्यालयमै पुगेर विद्यार्थीको मुटु परिक्षण गरिएको हो ।

बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले नेपाल हर्ट फाउण्डेशन केन्द्रीय समितिको सहयोगमा मुटु परिक्षण गरिएको प्रतिष्ठान तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो । दमौली स्थित सत्यवती माध्यामिक विद्यालय र बालमन्दिर माध्यामिक विद्यालयमा आईतबार दुई हजार सात विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नशा सानो हुने, मुटुको भल्व सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने जस्ता समस्या पर्ने बेलैमा उपचार गर्न आवश्यक पर्ने भएको परिक्षण गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपाने बताउनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले नेतृत्वमा १४ जना चिकित्सकको टोलीले मुटु परिक्षण गरिएको थियो ।

मुटुको स्वास्थ्य स्थिति र आवश्यकता अनुसार एक सय ५२ जना विद्यार्थीको ईसिजि परीक्षण पनि गरिएको थियो । १० जना विद्यार्थीको थप परीक्षण र उपचार गर्नुपर्ने देखिएकाले उहाँहरूलाई काठमाण्डौंमा लैजान र निशुल्क उपचार गर्न सिफारिस गरिने प्रतिष्ठानका उप–सभापति चुणामणी दाहालले जानकारी दिनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले चिकित्सहरूको टोलीको नेतृत्व गर्नुभएको थियो । शिविरको नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा.डा.कृष्णप्रसाद गौतमले उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा गौतमले मुटु परिक्षण जस्तो महत्वपूर्ण कार्यक्रम जिल्ला व्यापी रूपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा व्यास न.पा २ का अध्यक्ष काशीराम श्रेष्ठ, सत्यवतीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करूणराज काफ्ले र बालमन्दिर माविका प्रअ राजेन्द्र खनाल, प्रतिष्ठानका सदस्य रमेश पोख्रेल लगायतले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिईनु पर्नेमा जोड दिनु भएको थियो । निशुल्क परिक्षणको सुविधा पाउँदा विद्यार्थी तथा अभिभावकहरुमा खुसी छाएको सत्यवती माध्यामिक विद्यालयको शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देलले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button